मेहनत गरे स्वादेशमै पैसा

(No Comments)     November 26, 2017    

काठमाडौं । विदेशमा पैंसाको बोट हुन्छ भनेझै टिप्नका लागि मिठो सपना बोकेर विदेशीने युवाहरु सपना साकार नहुने देखेपछि स्वादेशमै पैसा फोलाउन लागि परेका छन् ।

विदेशमा पसिना बगाएका इलाम सूर्योदय-४ का २७ बर्षीय सुदन लिम्बुलाई दुवाईमा दुई बर्ष काट्न दश बर्ष लागे जस्तो लागेको बताउछन् । विदेशी भूमिमा मेहनत गरेनुसार कमाई राम्रै थियो । तर लिम्बुलाई परिवार, नातागोता, आप्नो आफन्त गाउँ घरको न्यास्रोले कहिले छाडेन त्यसैले उनी बल्लबल्ल दुई बर्षको अवधि सकाएर स्वादेश फर्कीएका छन् ।

लिम्बुले अहिले गाउमै चारवाट दूहुना गाई र पन्ध्रवाट बाख्रा पाल्दै आएका छन् । उनको सानो परिवार अहिले गाईको आम्दानीले नै चलाउन सजिलो भएको छ । चारमाउँ गाई र बाख्रा पाल्नको लागि आप्नै जमिनले पुगेको उनीे बताउँछन् । गाईपालनबाट निस्केको मल उनले खेरजानबाट बचाउन तरकारी खेती समेत लगाउएका छन् । मूला, बन्दा, सिमी, धनियालगायत सिजन अनुसार अर्गानिक तरकारी खेती पनि गरेर राम्रो आम्दानी गरेका छन् ।

उनको कृषि लगावमा परिवारले साथ दिदैआएका छन् । अहिले उनले घरपविार खर्च कटाएर परिवारसँगै बसेर मासिक पचासहजार बैंकमा डिपोजीट समेत गर्ने गरेका छन् ।

लिम्बु भन्नछन् “मेहनत गरे आप्नै देशमा पैंसा फलाउन सकिदो रहेछ” । केही पछि उनी आप्नो कृषि पेसालाई व्यवस्थित रुपमा अझ बढाउने सोचमा समेत रहेका छन् ।

 

Comments

comments

Related Posts