मेहनत गरे स्वादेशमै कमाइ

(No Comments)     November 14, 2017    

काठमाडौं । युवाहरु रोजगारी पाउने र राम्रो कमाई हुने आशमा दैनिक विदेसिने गर्दछन् । विदेशमा परिवारबाट टाडा बसेर उनीहरु जस्तोसुकै दुःखकष्ट पनि भोग्न बाध्य हुने गर्दछ । विदेशको जस्तो दुःखकष्ट मेहनत गरे आफ्नै देशमा कमाउन सकिन्छ भन्ने मानिस भेटाउन निक्कै गाह्रो छ ।

तर पछिल्लो समय केही युवाहरु स्वदेश फर्किएर परिवारसँग घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् । तेह्रथुम छथर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी यसै व्यत्ति अन्तर्गत पर्दछन् । बुढाथोकी पनि राम्रो कमाई हुने आशमा कतार र मलेसियामा गरी छ बर्ष बिताएर स्वादेश फकिएका हुन् । अहिले उनले स्वादेशमै व्यावसायिक कुखुरापालन गरी राम्रो आम्दानी गर्न थालेकाछन् ।

शुरुमा पचाँस हजार रुपैंयाबाट कुखुरापालन व्यवसाय थालेका उनले अहिले मासिक पैंतिस हजार बचत गर्ने गरेकाछन् । उनले कुखुरा व्यवसाय थालेको चार बर्ष भएको छ भने आम्दानी पनि राम्रै भएको बताउछन् । उनी जागीरको र सीपको खोजिमा स्वादेश बिदेश धेरैतिर भौतारिनु परेको साथै परिवारबाट टाडा बस्दाको दुखको अनुभाव सुनाउछन् । जतिनै धेरै कमाई भएता पनि परिवारबाट टाडा बस्दा मनमा शान्त नमिल्ने उनको भनाई छ ।

५० हजारबाट कुखुरापालन व्यवसाय सुरु गरेको उनेले अहिले बढाएर ५ लाख पुरयाएको छ । व्यवसाय बढाएसँगै आम्दानी पनि राम्रो छ साथै बैंक ब्यालेन्स समेत गरेका छन् ।

 

Comments

comments

Related Posts