मेवा खेती प्रविधि

(No Comments)     November 10, 2015    

उष्ण तथा उपोष्ण हावापानी भएका स्थानहरूमा खेती गरिने एउटा महत्वपूर्ण फल हो मेवा । लगभग ४ सय वर्ष पहिला भारत हुँदै मेवाको प्रवेश नेपालमा भएको अनुमान छ । हाल नेपालको तराईदेखि १००० मिटरसम्म उचाइ भएका स्थानमा मुख्यतः घरायसी प्रयोजनका लागि करेसाबारीमा मेवा लगाइने गरिएको छ । नेपालको बजारमा मेवाको माग निरन्तर रूपमा बढिरहेको हुँदा दुई दशक यता नवलपरासी, चितवन लगायतका केही जिल्लाका कृषकहरूले व्यवसायिक रूपमा मेवा खेती सुरु गरेका छन् । बढ्दो मागलाई नेपालमा उत्पादित मेवाले धान्न सकेको छैन । त्यसैले बजारको माग पूरा गर्न ठूलो मात्रामा भारतबाट मेवा आयात हुने गरेको छ । यदि हामीले काठमाडौँको बजारलाई हेर्ने हो भने मेवाको आपूर्ति ८० प्रतिशत भारतबाट आयात गरेर गरिएको छ । नेपाली उत्पादनले मात्र २० प्रतिशत आपूर्ति गरेको छ । त्यसैले नेपालमा व्यवसायिक मेवा खेतीको राम्रो सम्भावना छ । अतः यस पुस्तिकामा मेवा खेतीसम्बन्धी प्राविधिक जानकारीहरू विस्तृतरूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

Comments

comments

Related Posts