मुस्ताङको स्याउ बजार पुग्न सकेन

(No Comments)     September 18, 2018    

काठमाडौं । मुस्ताङको स्याउ बजार पु¥याउन नसक्दा कुहिन थालेको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको हो ।

झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ । यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पु¥याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् ।
म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवनलगायतका जिल्लाबाट आएका व्यापारीले बगँैचामा बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् ।

जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ । वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ ।

जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्दथ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख बिमल खड्काले बताउनुभयो ।

राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएका छन् । साथै नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् । स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा परेका छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताउनुभयो । रासस

Comments

comments

Related Posts