मुम्वईमा समेत जुर्मुरायो नयाँ शक्ति नेपाल

(No Comments)     January 10, 2016    


मुम्वई । नयाँ शक्ति नेपाल भारत परिवार केन्द्रिय संयोजक समितिका बैठक मुम्बईको अंधेरीस्थित सातबंगालामा शनिवार सम्पन्न भएको छ । केन्द्रिय संयोजक नरेन्द्र ओलिको प्रमुख अध्यक्षयतामा बसेको बैठकले नयाँ शक्ति नेपालको भाबी योजना तथा कार्यक्रम सम्बन्धि विभिन्न बिषयमा बृहत छलफल भएको थियो ।


बैठकमा नयाँ शक्ति नेपाल भारतपरिवार केन्द्रिय अनुशासन बिभाग प्रमुख बिरेन्द्र खड्का, केन्द्रिय प्रबक्ता कटक शाह,केन्द्रिय आर्थिक बिभाग प्रमुख मान बहादुर साउद, महाराष्ट राज्य संयोजक करन साउद, केन्द्रिय खेलकुद बिभाग प्रमुख नरेश रावत, केन्द्रिय स्वास्थ्य बिभाग प्रमुख टेक चाड तथा न्यू मुम्बई समिति उपसंयोजक तथा केन्द्रिय सदस्य धनराज बडेला, केन्द्रिय सदस्य प्रेम खड्का लगयतका बक्ताहरुले उक्त भेलामा नयाँ शक्ति नेपालको बारेमा आफ्नो धारणा राखेका थिए ।

बैठकले नयाँ शक्ति नेपाल स्थापना भएको आगामी फाल्गुन ४ गते एक बर्ष पूरा हुन लागेको उक्त दिन आफ्नो बार्षिक उत्सब संगै नयाँ शक्ति नेपाल भारतको केन्द्रिय भेला गर्ने र नयां शक्ति नेपाल भारतका सम्पुर्ण सदस्यबाट सर्बसहमतीबाट पारित गरेको थियो । र, संगठनलाई अझ जुझारु र सशक्त ढंगले सुदृढीकरण गर्दै लैजान को लागि विभिन्न सदस्य हरुलाइ थप जिम्मेवारी पनि दिइएको छ ।


साथै देशको बर्तमान स्थितिलाइ मध्यनजर गर्दै आगामी दिनमा जनहितका लागि तथा सामाजिक सद्भाव र नयाँ शकति नेपालको मुल नारा शान्ति निकास बिकास र बिचारलाई सफल थप गृहकार्य गर्दै जाने भन्ने बारेमा लामो छलफल समेत भएको थियो ।

Comments

comments

Related Posts