“मिस ई कलेज” को लागि २० जना छनौट

(No Comments)     December 14, 2015    

काठमाडा । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत ६ वर्ष देखि आयोजीत कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा केन्द्रित “मिस ई कलेज” को छौटौं संस्करणको पहिलो छनौट पुतलीसडक स्थित नेम क्याफेमा सम्पर्न भएको छ ।

कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

विगत ६ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो छौटौ चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुवाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए, हाल पहिलो अडिसनवाट २० जना प्रतियोगीहरु समावेश गरिने छ ।

 Women Personality Education & Beauty ’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए ।  पहिलो चरणको छनोटमा क्याम्पीयन एकाडमीका प्रिन्सीपल नविनमान श्रेष्ठ , मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने, तथा म्यूजीक भिडियो डाइरेक्टर समन अधिकारी अडिसन को निर्णायक मण्डल थिए ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई पौष १ गतेवाटप्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,नारकोनन नेपाल, वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र दामन स्थित एभरेष्ट पानोरमा रिसोटमा हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।

माघको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “मिस ई कलेज” को ताज उपाधि सहित रु एकलाख ६० हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु १५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् ।

यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

Comments

comments

Related Posts