मिष्टर नेपालका लागी २१ युवा छनौट

(No Comments)     December 30, 2015    

काठमाडौ । एक्सपोज नेपालको आयोजना रहेको पुरुषहरुको एकमात्र सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल२०१६’ का लागी २१ युवा छानिएका छन् । राजधानी र मोफसलका सहरमा आयोजित बिभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागी छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शिर्ष उपाधिका लागी भिड्ने छन् ।

 

मिष्टर नेपालको यो १४ औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले ‘मिस्टर वल्ड २०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउने ब्यवस्था मिलाएको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए । युवाहरुको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनित्व गर्न सक्ने जिम्बेवार नागरिक बनाउने उदेश्य प्रतियोगीताको रहेको छ । १६ देखी ३५ ननाघेका युवाहरुको प्रतियोगीतामा सहभागिता रहनेछ ।

 

अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिमप्रतिस्पर्धाका लागी रक क्लाइमिङ, स्वमिङ, फुटबल, सर्ट हाइकिङग, समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, ब्यक्तित्व बिकाशलगायतका बिधाका बिषेश प्रशिक्षण दिइनेछ । प्रतियोगीतामा शिर्ष सिहत बिभिन्न बिधामा बिजेता चुनिनेछन् ।

 

सन् २००१ बाट सुरु भएको ‘मिष्टर नेपाल’मा रोपहत थेवे, जिवन लुइटेल ,गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमि, डा.आयुष्मान घिमिरे, सुरेश गैले, सुरज चिल्वाल, सन्दिप पोखरेललगायत बिजेता छानिएका छन् ।

Comments

comments

Related Posts