महाधिवेसनको मुखैमा नेपाली काग्रेस सभापति शुशिल कोइरालाको निधन

(No Comments)     February 9, 2016    

काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति निधन भएको छ । फोक्सोमा भएको सङ्क्रमण र निमोनियाका कारण आफ्नै निवास महाराजगन्जमा राति १२:५० बजे उहाँको निधन भएको नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो । कोइराला विगत केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहँदै आउनुभएको थियो । लामो समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका कोइराला ७६ वर्षका हुनुहुन्थ्यो । मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । उहाँलाई नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो । संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उहाँ २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बन्नुभएको थियो । बुबा बोधप्रसाद र माता कुमिनिदी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते (सन् १९३९ अगष्ट १२) मा भारतको बनारसमा जन्मनुभएको थियो । स्व कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न पार्टी उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला राति नै कोइराला निवास पुग्नुभएको थियो । यसैबीच सभापति कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले बिहान ८:०० बजेसम्म निवासमै राखिने भएको छ । बिहान ८:०० बजेदेखि दिउँसो १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा र त्यसपछि श्रद्धाञ्जलिका लागि दशरथ रङ्गशालामा राखिने उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

Comments

comments

Related Posts