भैसी प्रजातिमा उत्पादकत्व क्षमता बृद्धि गराउने मौसमी व्यवस्थापन

(No Comments)     September 5, 2016    

डा. केदार कार्की
पशु स्वास्थ्य तथा व्यावस्थापन विज्ञ
अस्ट्रीच नेपाल प्रा.ली., रुपन्देहि

काठमाडौं । पशुपालन ग्रामीण क्षेत्र तथा शहर उन्नमुखक्षेत्रका कृषकहरुको प्रमुख आयको श्रोत मानीन्छ यस्का साथै समग्र राष्ट्रीय अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पु¥याउने गरेको तथ्याङ्गक त हाम्रो आफ्नै छ ।

यस कारण पनि यीनलाई पशुधन पनि भनिन्छ । यसमा हाम्रो परिवेशमा भैसी प्रजातिको विशेष महन्व छ । यो प्रजातिबाट दुध मात्र प्राप्त हुदैन मासु, छाला, हाडखुर, पुच्छर, पुच्छरको रौं बाट पनि आम्दानी लिन सकिन्छ ।

त्यसैले युरोपिरयन तथा अन्य पश्चिमी मुलुकहरुमा गाई प्रजातिमा महामारीकै रुपमा मानव स्वास्थ्यलाई असर पार्न सक्ने वि.एस.इ. फैलीए पछि नेपाल, भारत,थाइलैण्ड,फिलिपिन्स, वर्मामा मात्र पालिने यो पश्चिमा मुलुकमा पनि पालिन थालिएको तथ्य भेटिन्छ । यो प्रजातिबाट प्राप्त हुने श्रोतका कारण यो प्रजातिलाई व्ल्याक डलर भन्ने गरिन्छ ।

न्युन तहमा हाम्रा रैथाने तथा प्राकृतिक प्रजनन साढे लगाई जन्माइएका भैसीमा हुने प्रजनन जन्य उत्पादकत्व तथा अन्य उपभोग्य बस्तु दुध ,मासुको पनि उत्पादकत्व कम हुँदा कृषक तथा पशुपालन विज्ञको टाउको दुख्ने गरेको छ । अझ आम्रो आफ्नो परिवेशमा भैसीबाट जन्मेका पाडापाडी मरे भने दुध भात बढी खान पाइने भैयो भन्ने चलनत प्रचलित नै छ ।

अझ सुदुर पश्चिमका दार्चुला , बैतडी,डडेल्धुरा जिल्लामा तीन दसक देखि बर्षेनी देखिने खरी रोगको एकिन कारण पत्ता नलाग्दा तथा उपचार एंव प्रभावसाली उपाय पत्ता लगाउन वर्षेनी परियोजना सहित विज्ञ टोली खटाउँदा पनि प्रत्येक पटक खटिने विज्ञ टोलीको फरक-फरक कारण भएको तथा रोकथाम तथा उपचार प्रविधि सिफारिस गर्दा पनि रोग नियन्त्रण नहुँदा किसान आफ्नो गोठमा पालेका छिमेकी देशको बरेली अवस्थित वधशालामा बैध अवैध तरिकाले पठाउन थालेका छन् ।

यस्तै अवस्था रहे भोलिका दिनमा त्यस क्षेत्रमा भैसी पनि पालिन्थीयो भन्ने अवस्था नआउला भन्न सकिन्न । भैसी प्रजातिमा प्रजननजन्य तथा उत्पादकजन्य कमि हुनुमा निम्न कारक तत्वले असर पार्ने गर्दछन् । भैसी प्रजाति मौसमी प्रजातिमा पर्दछन् ।

यिनीहरुको ऋतकाल अनि ऋतीचक्र खास गरी कार्तिक देखि पौष महिनासम्म देखिन्छ । यो अवधिमा ऋतुकालको ऋतुचक्रको उचीत समयमा पाठेघर कुनै किसिमको सक्रमण रहित भए कृतिम गर्भाधान निसंक्रमित निर्मलीकृत औजार प्रयोज गरिनुका साथै गर्भाधान गराउन सक्ने क्षमता भएका तथा उचित सख्या भएको विर्य प्रयोग गरे वा स्वास्थ्य व्याडको रागो लगाई प्राकृतिक गर्भाधान गराइएमा गर्भ बस्न सक्छ ।

यस प्रजाति गर्भाअवस्था अलि लामो दश महिना भन्दा बढी हुन्छ । यी प्रजाति भदा, असोज, कार्तिक महिनामा व्याउने गर्दछन् । यी जातिमा तापक्रम नियमितता हुने प्रणाली राम्रासँग विकास भएको हुदैन । त्यसैले यिनलाई पोखरी वा नदीमा आहाल वसाल्न गर्मीको मौसममा लानु पर्दछ ता कि यीनले सितल महशुस गरुन ।

त्यसै गरी जाडोको मौसममा अत्याधिक चिसो बाट वचाउनु पर्दछ । यो प्रजाति पाको बयस्क धेरै ढिलो हुने गर्दछ। प्रजनन गराउनको लागी माग, अषाढ मध्य साउन को बेला व्याडको वा कृतिम गर्भाधान गराउने रागोको विर्यमा गर्भधारण गराउने क्षमता न्युन हुने गर्दछ । भैसी प्रजातिमा प्राकृतिक रुपले रागो लगाएर प्रजनन गराएको भन्दा कृतिम तरिकाले प्रजनन गराउदा गर्भ ठहर्ने अवस्था प्रकृतिक प्रजनन गराएको तुलनामा न्युन हुन्छ ।

भैसी प्रजातिमा देखिने प्रजनन जन्य समस्याहरु ढिलो गरी वयस्क हुने एक वेत देखि अर्को वेतमा व्याउने अवधि रामो हुने ऋति चक्र देखिन लामो समय लाग्ने गर्भाधान हुने निश्चीत नहुने पटक पटक उल्टी रहने एक पटक व्याहे पछि ऋतु कालको ऋति चक्र मा नआउने अल्छी व्याडको रागो विर्य उत्पादन सुक्रकिटको क्षमता कम कारण कमसल विर्य विसर्जन पाठेघरमा हुनु ।

भैसी प्रजातिमा न्युन प्रजनन जन्य क्षमता गराउने कारक तत्वहरु:

असामान्य ऋतुकालः अनइस्ट्रस,ऋतुकाल चक्र नदेखाउनु, सुसुक्त ऋतुकाल चक्र रागो खोजेको देखिने गरी वाहिय लक्क्षण नदेखाउने , अनियमित ऋतुकाल चक्र , ऋतुकाल चक्र कित छोटो अवधिको हुनु । भैसीको शरिरमा भित्रि प्रजनन अंग नहुनु सिस्टीक ओभरी हुनु ।

रोगजन्य कारण:

भाइरास जनित भैसीमा रोग लागेमा जस्तै भल्भोभेजाइ, भेजानाइटिसा, व्याकटेरिया,प संक्रमीत ,ब्रुन्सेलुसीस जस्ता रोग लागेमा ट्राइकोमोनिसएसीस जन्य प्रोटोजोवाको भैसीको प्रजनन अंगमा संक्रमण भएमा मेटा«इटाटिस, इन्डोमेट्राइटिस, पायोमेट्रा, परसिस्टेन्स करपस ल्युटियमा ओभरीमा अवस्थीत रहेमा ।

पोषणजन्य कारणः दाना आहारामा प्रोटिन इनरजीको अनुपात मा असंतुलन हुनु । खनीज तत्वहरुको अल्पता तथा असन्तुलन हुनु । ऋतुकाल चक्र देखाउन सहयोगी हुने आलका महत्वपुर्ण भिटामिन युक्त दाना आहारामा असंतन्तुलीत हुनु जस्का कारण महत्वपुर्ण भिटामिनको भैसीको शरीरमा अल्पता भइ प्रजनन प्रणलीका अंगहारुको सन्तुलीत विकाश नहुनुका साथै ऋतुकालको ऋतुचक्र परीचालन गर्ने हार्मनहरुको उत्पादनमा कमी वा वढि भएमा र्धसी प्रजातीमा प्रजनन जन्य क्षमतामा कमी आउनाका सार्थै वथान मा भैसीहरु वाज हुने , पटक पटक वाली खोज्ने , गर्भाधारण गर्न नसक्ने अवस्थामा पुग्दछन् ।

जसले गर्दा भैसी पालनको आर्थीक भार टाउकोमा आइपर्ने अनी कृत्रिम गर्भाधान गराउन घरघर डुल्ने प्रविधिक पशु चिकित्सा विज्ञको ज्ञान सिप पनि संकाको घेरामा पर्ने खतरा पनि उत्तिकै छ ।नत्र कुनै किसानले तत्कालीन कृषि सचिव ज्यु लाई मेरो भैसीलाई प्रत्येक महिना गर्भाधान गराएको सात महिना पुग्यो व्याहुने कहिले होला मुकुन्दे भनी फोन गर्ने थिएनन् होला ।

वातावरणीय कारण: 
कमसल गुणस्तर तथा उच्च गुणस्तरका हरियो तथा घास पराल को आवश्यकता अनुसार दुधालु तथा दुध दिन छाडेका तथा प्रजनन योग्य उमेर पुग्न लागेकालाई उपलव्ध गराउन नसके के कहिले रागो खोज्ला भनी पात्रो हेरी वस्ने वातावरणीय उच्च तापक्रम तथा हयुमिडिटि , सितलहरका कारण अत्याधिक चिसो अवस्था भएमा सौर्य विकिरण का कारण भैसी प्रजातिमा प्रजननजन्य क्षमता कम हुन सक्दछ ।

भरखर जन्मेका पाडापाडीलाई कस्तो पोसिलो आहारा दिएको थियो कती उचित तरिकाले व्यावस्थापन मा हुर्कीने उमेरमा गरिएको थियो यसले रोग विरुद्ध लड्ने प्रक्रितिक सम्यन्त्रको विकास गराउछ । जस्ले गर्दा साना पाडापाडीको मृत्यु दर घटाउनका सार्थै स्वास्थ्य वथान बाट विभिन्न कारणले हटाउन पर्ने भैसीको विकल्पीत बथान आफ्नै गोठमा तयार पार्न पद्दत गर्दछ ।

उचित दाना आहारा नियमित व्यायम आन्तरीक परजिवी विरुद्ध जन्मेदेखि नै परजिविको प्रयोगशाला बाट पहिचान गराई नियमित रुपमा भरपर्दो उत्पादक कम्पनी बाट उत्पादीत औषधी विज्ञको सल्लाह परजिवि नियन्त्रण गर्नु नै वेश नजिकको एग्रोभेटको पर्नु भन्दा ।

त्यर्स जुम्रा, किर्ना नियन्त्रण पनि त्यसै अनुसार गर्नु उचित हुने छ । झाडापखाला आउ मासी परे विज्ञको सल्लाह अनुसार बेलामै गर्नुपर्छ । यिनैकैम आधारमा वथानमा पालीने भैसीको प्रजनन जन्य क्षमता तथा उत्पादकत्व क्षमता भर पर्छ ।

कोरली अवस्थाका पाडापाडीलाई उचित मात्रामा हुर्काउन बडन राम्रो खाले पोसीलो हरियो तथा पोसीलो हरियो घास बाट तयार पारिएको हे का सार्थै०.५ देखी १ केजी खनिज भिटामीन युक्त दाना दिएर पाल्नु आवश्यक हुन्छ अन्यथा कुपोषण बाट ग्रसित हलक्क नवडने जिउ नलाग्ने ख्याउटे हुने शरिरमा जिंगरिंगभई रौ उम्रने तथा विभिन्न खाले रोग विरुदध लडन सक्ने क्षमता कम हुन गई कारेली पाडा पाडीको अत्याधिक मृत्यु हुन सक्छ ।

यदि बागी हाले प्रजनन योग्य हुन धेरै बर्ष लाग्न सक्छ वा आजीवन धारामै रहने वा स्थाीि रुपमा वाझै रहने गर्दछन । हुर्कदै गरेका कोरेलीहरुलाई गर्मी तथा जाडोका मौसमको वेला वेग्ला वेग्लै वधुवा गरी पाल्नु पर्छ । १८ महिना उमेर पुगेका कोरेलीहरुलाई उच्च पोषणयुक्त हरियाृ घास तथा हे उचित मात्रामा दिएर पाल्नु पर्छ ।

कोरलीहरुलाई जुन सुकै विधिबाट प्रजनन गराउदा पनि पुर्ण वयस्क भई उचित जीउडाल सहित शारीरिक तौल २७५ देखि ३०० के.जी पुगे पछि गराउने । कोरेलीहरुको ऋतुकालको ऋतुचक्रको अवश्था वारे २ देखि १श्र५ वर्षको उमेर देखिनै शुक्ष्म अवलोकन गरी निगरानीमा राख्नु पर्दछ ।

यदि कोरलीहरुले ऋतुकालको ऋतुचक्रको कुनै लक्षण नदेखाएर पशुप्रजनन विज्ञसँग कोरलीका वथानको प्रजनन अंगका भागहरुको शुक्ष्म परिक्षण गराइ संक्रमण भए नभएको एकीन गराइ उचीत उपयोगी औषधी औचित्यपुर्ण रुपले गर्ने ।

यदि सक्रमण कारण रहेनछ भने दाना आहारामा मात्रात्मक तथा गुणात्मक रुपमा सुधार गर्नुका सार्थ उच्च गुणस्तर धएका प्रतिष्ठीत वजारमा राम्रो प्रतिष्ठा भएका औषधी क्रपनि बाट उत्पादित खनिज तथा भिटामिनहरु पुरकका रुपमा दानामा मिसाएर १५–३० दिन खान दिनु पर्छ ।

गावर परिक्षण गरी कस्तो खाले परजीवीले संक्रमण गरेको रहेछ उपयुकत मात्रामा सरजीवी वीज्ञको सल्लाह अनुसार गर्नु पर्छनकि फिरन्ते प्राविधिक पशुचिकित्सक वा नजिक छिमेकीको सल्लाह अनुसार रोजाई तपाईको आफ्नो ।

गर्मीणी भैसीको व्यवस्थापन:

३ महिनाको गर्मीणी अवस्थामा भ्रुणको पुर्ण विकाशको २ तीहाइ विकाश हुने गर्दछ । यसैले गर्र्मीणी भैसीलाई यस्तो वेला राम्रो सीत पोषिलो दाना आहरा दिनुका साथै आराम हुने गरी व्यावस्थापन गर्नु पर्छ ।व्याउने वेला भन्दा ६–८ हप्ता पहिले बाट गर्भिणी भैसीलाई दुध दुहुन छाड्नु पर्दछ ।

गर्भीणी अवश्थाका भैसीको योनीबाट असामान्य प्रकतिको योनीरस वगेको देखीएमा दक्ष पशु प्रजनन विज्ञबाट जाँच गराइ वेलैमा विज्ञको सल्लाह अनुसार पर्नु भन्दा तुहिएका जनावर सँग गर्भीणी भैसीलाई मिसाउन हुदैन । गर्भीणी भैसीलाइइ धेरै लामो बाटो हिडाउन हुदैन साथै दोडाउने गर्न हुदैन । गर्भा अवस्थामा रहेका भैसीको दाना आहारामा विशेष ध्यान दिनु पर्दछ ।

गभीणी भैसीलाई युरीया मोलासेस तथा खनीज भिटामिन मिसाएर वनाएर वनाएको बल्कदिनु उचित हुन्छ । व्याउने वेला पुग्न लागेका भैसीलाई छुटटै गपोठमा कम्तीमा २ हप्ता अगावै सार्नु पर्दछ । व्याउन राखिएको गर्भीणी भैसी कोठामा नरम खाले सोतर ओछ्याउनु पर्छ । गर्भीणी भैसी राखेको गोठ सफा सुग्घर राख्ने व्यवस्था सुनश्चीत गर्नु पर्दछ ।

स्टीमिङग अप –तन्दुरस्त वनाउने ) गर्भा अवस्थामा रहेका गर्भिणी लाई व्याउने वेला १ चौथाई समय अगावै उचित सतुलीत आहारा तथा नरम खाले हरियो घास हे तथा स्वच्छ खाले पानीको व्यवस्थापन गर्नुलाई स्टीमीङग अप भनीन्छ ।यसो गर्नाले फाचो कल्चौडोको उचित विकाश हुनुका सार्थ भैसीका शरीर व्याउने वला फुर्तीलो टाठो हुन्छ ।

उीले बढदै गर्भमा विकशीत हुदै गरेका पाडापाडी को जीउमा खाद्यन पोषण तत्व सचय गरेर साख्न मदत गर्छ ।यसले अर्को वेतमा दुधदिने समय वढाउनको सार्थै दुधमा धृतान्सको मात्राा अभिबृधि गराउछ ।व्याउने प्रक्रियामा कुनै समस्या उत्पन्न हुन दिदैन । साल अड्किने समस्य न्युनिकरण गर्नाका सार्थै सुत्केरी अवस्थामा देखिन सक्ने कुपोषण जन्य तथा चय – अपचय जन्य जटिलत जस्ता समस्या उत्पन्न हुन दिदैन ।

सुत्केरी लाई नरम हलुका पच्ने खालका दाना आहार दिनु पर्छ ताकी पाचन प्रणाली दुरुस्त हुनका साथै पाचन प्रणाली सम्बन्धी विकार नहोस । सुत्केरी अवस्थाका भैसी नरम पोसीलो हरियो घास सगै २ देखि २.५ के.जी सन्तुलित दाना दिनु पर्दछ । गर्भीणी भएका भैसीलाई व्याउने अवस्था पुग्न लागेको कुनै खोप दिनु हुन्न । सुत्केरी अवस्था पछि मिल्क फिभर साल अड्कने तथा प्रजनन जन्य विक्रिति सुत्केरी भएका भैसीलाई उच्चको खनिज मिश्रण भिटामिन दिनु आवश्यक हुन्छ ।

भैसीको उत्पादकत्व व्यावस्थापन:

भैसी पालन बाट आर्थिक फाइदा लिन नियमित तथा दक्षता पूर्ण प्रजनन गराउनमा भरा पछ । स्वास्थ्य एव उच्च उत्पादन क्षमता भएका भैसीहरु प्रत्येक १३–१४ महिनामा पाडापाडी जन्माउछन् । भैसी पालन व्यावसायमा उत्पादकत्वको स्थार उन्नती निम्न कुराहरुको व्यावस्थापन गर्न सके मात्र संभव हुन सकिन्छ ।

ऋतिकालको ऋतिचक्र ठम्याउन सक्ने क्षमता ९० प्रतिशत प्रजनन गराए पछि गर्भधारण २ पटक भन्दा कम हुनु पर्दछ । ६० प्रतिशत वा सो भन्दा माथिकाले जुन सुकै विधि बाट प्रजनन गराए पनि गर्भाधान रहनु पर्ने । व्याउने अन्तर एक वेद बाट अर्को विच १३– १४ महिना । दुध दिने अवधि न्युनतम ३०० दिन व्याउने वेला अगाडी दुध दुहुन छाडने अवधि १०० देखि १२० दिन । प्रजनन जन्य पाठेघरको अंग प्रत्यग ५ प्रतिशत भन्दा कम हुनु पर्ने वथानमा ।

स्वस्थ्य वथान लसपसबाट सर्ने रोग मुक्त । प्रभावशाली स्पमा ऋतुकालको ठिक्क वाली लगाउने वा प्रजनन गराउन समय पत्ता लागाउन भैसीको बथान राखेको गोठमा निम्न कार्यतालीका सहितको योजना आवश्यक पर्छ ।प्रत्येक पशुको आवधिक अभिलख राख्ने ।

ऋतुचक्रका लक्षणको पहिचान वेलैमा गर्ने । प्रत्येक भैसीको संभावीत ऋतुकालको ऋतुचक्र देखिने समय तालीकाको आवधिक अभिलेख चार्ट वनाएर राख्ने । वाली वेलैमा खोजे नखोजेको पत्ता लागउन विभिन्न विधि तथा उपलब्ध उपकरण पनि प्रयोग गर्न सकिन्छ ।

प्रयास गर्ने कतबलमष्लन जभबत लाई गर्भाधान गराउने वेलाको प्रारन्भीक मानक सुचना मान्ने ।भैसीको शारीरिक तौलमा घटी पढि हुने प्रकृयाको सुक्ष्म अवलोकन गर्ने , दुधदिने शुरुको अवस्थाका भैसीहरु ऋतुकालको ऋतुचक्र देखाउने भए शाारीरिक घटाउदैन बरु चिल्ला फुर्तिलाई देखिन्छन् ।

त्यसैले भैसीहरुको शारीरिक तौल घटवढ भए नभएका शुक्ष्म अवलोकन नियमीत गर्नु वेश । आउदो २१ दिनमा प्रजनन गराउने भैसीहरुको वर्गीकृत अभिलेख राखी त्यस्ता भैसीहरुको नियमित निगरानीमा राखी ऋतुकालका ऋतुचक्रिय लक्ष्यण प्रत्येक भैसीको नजिक बाट सुक्ष्म अवलोकन गर्ने ।वध्याकरण गरेको रागो विहान बेलुका प्रयोग गरी भैसी ऋतुकाल को ऋतुचक्रको अवस्थामा रहे नरहेको यकिन गर्न सकिन्छ ।

आफुलाई फुर्सद नभए गोठमा काम गर्ने कामदार मध्ये भर पर्दो अनुभवि कामदारलाई यो कामको जिम्मा दिदा हुन्छ । कृषक वा कामदार जो भैसीले वाली खोजेको हो हैन यकिन गर्न खटिने हो उसलाई भैसीले ऋतुकालको ऋतुचक्रको वेला देखाउने वाहिय लक्क्षण (slanding heat) बारे न्युनतम जानकारी हुनु पर्दछ ।

गर्मीको मौषममा भैसी प्रजातीको व्यवस्थापन: 

गर्मीको मौसममा भैसीलाई आरामदायी, शीतल , अनि हावादार गोठमा राख्ने अथवा झाङगीएको रुखको छायामा राखी चारैतीर वेला वेलामा पानी छर्कने गर्नु पर्दछ । यस बाहेक नजीकको पोखरी वा नदिमा आहाल बस्न दिनु पर्छ । गोठको पर्खाल पटि घाम पर्ने रहेछ पर्ने रहेछ भने जुटको वोराको पर्दा लगाउनु पर्दछ । दिउसो चर्केा घाम को वेला ३–४ पटक भैसीको जीउमा पानी छर्कने वा नुहाउने गर्नु पर्दछ ।

गर्मीको मौसमा भैसीलाई ताजा तथा उिने चिसो पानी दिउसोको गर्मीको वेला प्रतिदिन ३–४ पटक दिनु आवश्यक हुन्छ गर्मीको मौसममा भैसीलाई राती शीतल भएको वेला दाना आहारा दिनु उचित हुन्छ । भैसीको शरीरमा गर्मीको भार कम गर्न पोषिलो नरम घास वढाउने तथा सुख्खा पराल गहुको भुस जस्ता आहारा कम दिने ।

यदि हरियो घास भएको चराउने ठाउ उपलब्ध भए झिममिसे बिहानी पख वा अवेर रातीपख चराउने उच्च कोटीको खनीज मिश्रण तथा आवश्यक मात्रामा नुन नियमित दिनु पर्दछ । नियमीत परजीवी नियन्त्रण अनी जर्मा किर्नाको लागी सुरक्षित रुपमा छर्ने सावधानी पुर्वक गोठमा भैसीहरु कोचाकोच गर नराख्ने ।

जाडो मौसममा भैसीको व्यावस्थापन:

भैसीबाट राम्रो प्रजननजन्य क्षमताको अपेक्ष गर्ने हो भने जाडो मौसमा भैसीलाई तुषारो रहित लहर जस्ता अत्यधिको चिसो तथा झरीबाट वचाएर सुरक्षित गोठमा न्यानो हुने गरी राख्नु पर्दछ ।विरामी र्भैसी तथा १ वर्ष सम्मका पाडापाडीलाई उचित खाले बाकलो सोतर राखेको गोठमा राख्नु पर्दछ । यसरी ओछयीएको सोतरले न्यानो पार्नाका सार्थै पशुलाईचोटपटक बाट बचाउछ ।

शीतलहर बाट वचाउन गोठको एका पटिको भाग जुटको वोराबाट बनेको पर्दाले ढाक्नु पर्दछ । प्रशस्त तागतीलो दाना आहारा यस्तो बेलामा दिनु पर्दछ । प्रशस्त मात्रामा सख्खा घास गहुको भुस , पराल हे आसगरी रातीको समय पारेर दिनु उचित हुन्छ ।

भैसीले गर्मीको वेलामा रातो खोज्ने गर्दछन त्यो पनी साझ वखतात्यसैले उचीत ऋतुकालको ऋतुचक्र पत्ता लगाउन झिमसिम बिहान अवेर साझ वथानमा व्याडको रागोलाई घुमाउनु पर्छ । वाली खोजोको मिति , भैसी को स्वास्थ्य अवस्था अर्को पटक ऋतुकालको ऋतुचक्र हुने संभाविच समय अनुमान गर्न सकिन्छ । वयस्क भैसी तथा उमेर पुगेका कोरली नियमीत जाच गरीनु पर्दछ ।

भैसीको पाठेघरबाट अस्वभििक झोल पदार्थ निस्का वग्न थाले आवश्यक प्रयोगशाला परिक्षण गरी उपचार गर्ने । वाली लगाइएका वब कृत्रिम गराएको ४५ दिन देखि६० दिनमा गर्भ परिक्षण गर्ने । वथानका पुराना भैसी हटाएर नया थप्ने भए तयस्ता भैसीको विस्तृत स्वास्थ्या परिक्षण् गरीनु पदछ ।

संक्रमक रोगको लागी नियमित तालीका अनुसार खोप लागाउनु पर्छ । आवश्यकता तथा औचित्य अनुसार दाना आहारा दिनु पर्दछ । गोठको प्रवन्ध राम्रो सँग गर्नु पर्दछ ।

Comments

comments

Related Posts