भैँसीपालनबाट स्वादेशमै मासिक डेढ लाख आम्दानी

(No Comments)     April 3, 2018    

काठमाडौं । पछिल्लो समय किसानले भैसीपालनबाट राम्रो आम्दानी गर्न थालेकाछन् । पाल्पा रामपुर–६ विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख पचास हजार आम्दानी गर्न सफल हुनुभएको हो । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उहाँ एउटा सफल नमूना बन्नुभएको छ ।

अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसाय गर्दै आउनु भएको छ । उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्नुुहुन्छ । उत्पादिते दूध स्थानीय रामपुर बजारमा खपत हुने गरेका छन् । कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गर्दै आउनुभएको छ । भैँसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुँदैं आएको उहाँले बताउनुभयो ।

केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उहाँले बताउनुभयो । पचास रोपनी जग्गामा भैँसीका लागि आवश्यकता अनुसार घाँस खेतीसमेत गर्दै आउनुभएका अर्यालको भँैसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । उहाँले पाँच जनालाइ रोजगार छ ।

स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।

सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन् । सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालन व्यवसायमा जुटेका हुन् ।

Comments

comments

Related Posts