भेडे खुर्सानी खेती गर्ने तरिका

तनाव कम गर्न खानुस् खुर्सानी...

(No Comments)     January 7, 2016    

सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् ।

नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ । भारतमा यसलाई शिमला मिर्च भनिन्छ । सम्भवतः भारतबाट यो तरकारी नेपालमा प्रवेश गरेको हो । भेडे खुर्सानीको लोकप्रियता नेपालमा बिस्तारै बढ्दै गएको छ । यो तरकारी साना र सीमान्त कृषकदेखि ठूला कृषकहरूलाई समेत आर्थिक अवस्था माथि उठाउन निकै सहयोगी हुन सक्छ ।


पौष्टिक्ताको दृष्टिले भेडेखुर्सानी भिटामिन र खनिज लवणहरूको स्रोत हो । यसमा भिटामिन 'ए’ र 'सी’ प्रचुर मात्रामा हुन्छ । भेडे खुर्सानीको हल्का पिरोपना यसमा भएको एल्कलाइड 'कैप्सिसिन’ को कारणले हुन्छ । कैप्सिसिन एउटा शक्तिशाली अल्कलाइड हो जुन मानिसका स्वाद कोशिकाद्वारा सजिलैसँग अनुभव गर्न सकिन्छ । यसले मुख तथा आमाशयका श्लेष्मिक झिल्लीलाई उत्तेजित गर्दछ र पाचक रस निकाल्ने क्रियालाई बढाउँछ ।

कैप्सिसिनको प्रयोग आयुर्वेदिक र होमियोपेथिक औषधिमा गरिन्छ । टाउको दुखेको, दाँत दुखेको, शरीर दुखेको र दुख्न कम गर्ने दबाई बनाउन काम आउँछ । यसले एन्टीअक्सीडेट (जीवनरक्षक) को रूपमा पनि काम गर्दछ । यो खेती कुन ठाउँमा कसरी गरिन्छ भन्ने जानकारी दिएका छन् नेपाल कृषि अनुसन्धान परिषद्, वागवानी अनुसन्धान महाशाखा, खुमलटारका डा.ध्रुवराज भट्टराई र डा.कृषप्रसाद पौड्यालले ।

तनाव कम गर्न खानुस् खुर्सानी

खुर्सानी भन्नेबित्तिकै हामीमध्ये कतिपयलाई त्यसको पिरो स्वादले तर्साउँछ त कतिलाई पिरो स्वादले नजिक तान्छ पनि । तर, खुर्सानी पिरो मात्र नभई तरकारी खान समेत सकिने खालको पनि हुन्छ र हामीले पनि प्रयोग गर्ने गरेका छौ । हामीले प्राय भेडे खुर्सानी भनेर चिन्ने खुर्सानी पिरो हुँदैन र यसको तरकारी खाने गरिन्छ । यो खुर्सानी खानुको पनि निकै धेरै फाइदा छन् । यो खुर्सानीमा धेरै नै औषधीय गुण हुन्छ ।

यसका केही फाइदाहरूका बारेमा थाहा पाऔ  : 

 - यो खुर्सानीको प्रयोगले तपाईको शरिरमा रहेको कोलस्टेरोलको मात्रा कमी गर्छ ।

- यसले शारीरिक शक्तिलाई बढाउने गर्छ । यसमा पाइने भिटामिन ए, बि र सी ले शरिरको मजबुतिका लागी काम मद्धत गर्छन् ।

-  खुर्सानीमा हुने एक रसायन लायकोपिनले शारीरिक तनाव तथा डिप्रेशनलाई कम गर्नका लागी मद्धत गर्छ ।

- यो खुर्सानीले शरिरको तौल घटाउनका लागी समेत मद्धत गर्छ । शरिरको बोसो तथा कार्बोहाइड्रेडलाई कम गर्नका लागी पनि यसले निकै फाइदा पुर्याउँछ ।

- खुर्सानीको प्रयोगले शरिरको कम्मरको दुखाई, साइटिका, जोर्नीको दुखाईमा समेत राहत दिन्छ । खुर्सानीमा पाइने क्याप्साइसिन नामको रसायनले दुखाई कम गर्ने काम गर्छ ।

 - उच्च रक्तचापमा समेत यो खुर्सानी लाभदायक हुन्छ । खानामा यसको अधिक प्रयोगले उच्च रक्तचाप कम गर्न मद्धत गर्छ ।

Comments

comments

Related Posts