लमजुङमा भेँडीगोठबाट करोडौंको आम्दानी

(No Comments)     March 17, 2017    

लमजुङ, चैत ४ । लमजुङको विभिन्न भागमा रहेका भेँडीगोठबाट करोडभन्दा बढी रुपैयाँ आम्दानी हुने गरेको जिल्ला पशु सेवा कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार भेँडीगोठमा रहेका भेँडाको मासु तथा ऊन बिक्रीबाट मात्रै १० करोड बढी रुपैयाँ आम्दानी भएको छ । लमजुङमा ८१ वटा भेँडीगोठ छन् । भेँडी गोठमा २० हजार ४ सय २४ भेडाबाख्राहरु रहेको जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार घुम्ती भेँडीगोठमा पालिएका भेँडाहरुबाट मात्रै वार्षिक दुईसय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । प्रतिकिलो ५ सयका दरमा भेडाको मासु बिक्री हुने गर्दछ ।

भेँडीगोठहरुबाट जिल्लामा वार्षिक पाँचहजार किलो ऊन उत्पादन हुने पनि उहाँले जानकारी गराउनुभयो । ऊनबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुने गरेको पशुसेवा कार्यालयको तथ्यांकमा उल्लेख छ ।भेँडाको ऊनबाट स्थानीय बासिन्दाले राडीपाखीलगायत ऊनीका कपडा बनाएर बिक्री गर्ने गर्दछन् ।

घुम्ती भेँडीगोठहरुमा आठ हजार भन्दा बढी बाख्रा रहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार घुम्ती भेँडीगोठहरुबाट वार्षिक एक सय २० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ ।

खसी बोकाको मासुबाट मात्रै ६ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा ८ सय ५८ घरले घुम्ती भेँडीगोठमा भेँडापालन गरेका छन् । उज्यालो अनलाईनबाट

Comments

comments

Related Posts