सधै गरिब दुःखीको साथमा मेरो जन्मदिन समर्पित : अभिनेत्री रेखा थापा

(No Comments)     August 21, 2016    


काठमाडौं ५ भदौ । बोल्ड नायिकाको परिचय बनाउदै गरेकी अभिनेत्री रेखा थापाले आफ्नो जन्मदिन साँखुस्थित सालनदी मञ्दिरमा मनाएकी छन् । उनले यसअघिका बर्षहरुमा पनि आफ्नो जन्मदिन अनाथ वा वृद्ध आश्रममा मनाउदै आएकी थिइन् । उनको जन्मदिन भदौ ५ गते पर्ने गर्छ । यस पटकको जन्मदिनको केक आफ्नी आमालाई खुवाईन । सञ्चारकर्मीको बाक्लो उपस्थितीमा उनले मनाएको जन्मदिनमा स्थानिय वासिन्दादेखि लिएर मञ्दिरका पुजारी, सन्तमहन्त समेत खुसी भएका थिए । उनले जन्मदिनको उपलक्ष्यमा तीन जना दृष्टी विहिन युवाहरुलाई २५ हजार नगद पनि सहयोग गरिन् । स्थानियलाई भोजन मात्रै होइन, नेवारी बाजागाजाका साथ उनले मनाएको धार्मिक जन्मदिनमा उपस्थित धेरैले सोधेको जवाफमा रेखाले आफु जन्मेको उमेर गन्नै भुलेको बताईन । त्यसै पनि केटीको उमेर नसोध्नु भनिन्छ, ति माथि रेखा त झन कलाकार । उमेर खुलाउने कुरै भएन ?

Comments

comments

Related Posts