बेमौंसमी तिते करेला

(No Comments)     December 28, 2017    

काठमाडौं । लहरे तरकारीको रुपमा चिनिने तिते करेला धेरैको रोजाइमा पर्ने तरकारी मध्ये एक हुन् । अहिले अफ सिजन परेकाले करेला सजिलै र सस्तोमा पाउन पक्कै पनि गाह्रो छ ।  बजारको बढ्दो माग धान्नको लागि बेमौंसमी करेला खेती गर्न सके राम्रो आम्दानीको हुने देखन्छि ।

स्वस्थ्यको दृष्टि करेला निक्कै उपयुक्त मानिने हुनाले पनि मानिसहरु करेला खान रुचाउने गर्दछन् । तिते करेलामा भिटामिन ए र सी तथा खनिज क्याल्सियम र फोस्फोरस पाइन्छ । नेपालमा हरियो र सेतो दुई किसिमका करेलाको खेती गरेको पाईन्छ । 

तल्लो साथै मध्य पहाडमा बेमौंसमी करेला खेती गर्न सकिन्छ । करेलाको खेतीको लागि न्यानो र गर्मी मौंसम उपयुक्त मानिन्छ । यस खेतीको लागि ठण्डि समय उपयुक्त हुँदैन । २५-३० डिग्रीको तापक्रम करेलाको बोट र फल लाग्नको लागि उपयुक्त हुन्छ । यस तरकारी खेतीको लागि राम्ररी खनजोत गरेको खुकुलो स्वस्थ्य माटाकोे साथै पानी नजम्ने जमिन हुनु पर्दछ ।

बेमौसमी करेला खेती पुस देखी माघ महिनामा लगाउन सकिन्छ । तर मौंसमी तापक्रमको ख्याल गर्नु पर्ने हुन्छ । 

Comments

comments

Related Posts