बाढीका कारण पशुमात्र रु छ करोडको क्षति

(No Comments)     September 3, 2017    

राजविराज, १८ भदौ । सप्तरीमा हालै आएको बाढी र पहिरोका कारण पशु मरेपछि ठूलो क्षति भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा बाढीबाट ७०० दुई वटा पशु मरेको र ३७ वटा गाईगोठ भत्किएर पूर्णरुपमा क्षतिगस्त भएको छ ।

सो बाढीमा परी ७८ वटा पशु बाढीले बगाएको थियो । दुई हप्ता अगाडि आएको भीषण बाढीका कारण जिल्लामा ७० हजार पशु प्रभावित भएको र सात हजार पशु अझै बिरामी परेको पशुसेवा कार्यालयले जनाएको छ ।

बाढीबाट अति प्रभावित जिल्लाको हनुमानगर कंकालनी नगरपालिकाको रम्पुरा मलहनिया, डलवा, सकरपुरा, तिलाठी, कोइलाडी र टिकुलिया, कुशाहा, वनरझुला कृष्णसवरण गाउँपालिकाको बक्धुवा, बेल्ही चपेना लगायतका ठाउँमा पशुको ठूलो क्षति भएको बताइएको छ ।

त्यस्तै सुरुङ्गा नगरपालिकाको मल्हनमामा ३०० कुखुरा, शम्भूनाथ नगरपालिका र राजविराज नगरपालिका तथा सप्तकोशी नगरपालिकाको फतेपुरमा रु १० लाखभन्दा बढी माछा बाढीले बगाएको माछा पालक कृषकले बताएका छन् ।

यस्तै बोदेबर्साइनमा रहेको २१ वटा बाख्रापाठा र एउटा बाछी मरेको छ । अहिले चौपायामा दूषित पानी खानाले मुख र नाकबाट पानी बग्ने, कमलपित्त, ज्वरो, निमोनिया तथा भ्यागुतेजस्ता रोगका लक्षण देखा परेको पशु स्वास्थ्य कार्यालयका प्राविधिकको भनाइ छ ।

Comments

comments

Related Posts