बाख्रा पालन सम्वन्धि सम्पूर्ण जानकारी (विधि र तरिकासहित)

(No Comments)     January 9, 2016    

राममणि पौडेल,राष्ट्रिय पशुपालन विशेषज्ञ

बाख्रापालनमा लागेका वा लाग्न चाहने साना किसान एवं बाख्रापालन प्रवद्र्धन कार्यमा लागेका पशुपालन तथा विकास कार्यकर्ताहरुका लागि सहयोग पुगोस् भनेर यो हाते पुस्तक तयार पारिएको हो ।


यो पुस्तकमा समेटिएका तथ्य–तथ्याड्ढ तथा जानकारीहरु लेखकको आनै अनुभव, स्थलगत अवलोकन, बाख्रापालक किसानहरुसँग गरिएका तत्सम्बन्धी आवश्यकता पहिचानसम्बन्धी छलफल र उहाँहरुले प्रत्यक्ष भोग्नुभएका व्यावहारिक पक्षहरुमा आधारित छन् ।
पुस्तकलार्ई सकेसम्म सरल, राम्रोसँग लेख्न पढ्न नसक्ने वा कम शिक्षितहरुले पनि चित्र र तस्बिरकै माध्यमबाट बुझ्न सक्नेगरी तयार पार्ने प्रयास गरिएको छ । बाख्रापालनमा पूर्वज्ञान र अनुभव नभएकाहरुका लागि पनि आधारभूत जानकारीहरु दिन सकोस् भन्ने अभिप्रायले यसका हरेक पाठहरुको संरचना गरिएको छ ।


यस पुस्तकलाई जम्मा ८ खण्डमा विभाजन गरिएको छ । ती हुन्ः बाख्राका प्रमुख जातहरु, प्रजनन, दानापानीको व्यवस्था, खोरको व्यवस्था, परजीवीहरु, पाचन–प्रणालीसँग सम्बन्धित समस्याहरु, प्रमुख संक्रामक रोगहरु र नियन्त्रणका उपायहरु, तथा बाख्राका लागि घाँसको व्यवस्था । यी खण्डहरुको क्रमबद्ध प्रस्तुतिले कुनै पनि बाख्रापालक नेपाली कृषकलाई आवश्यक पर्ने मुख्य जानकारीहरु र आइपर्ने व्यावहारिक समस्या समाधानमा सघाउसिद्ध हुने अपेक्षा गरिएको छ ।

 

Comments

comments

Related Posts