बाख्रापालन फस्टाउदै

(No Comments)     March 17, 2016    

रत्ननगर (चितवन), ४ चैत । जिल्लाको विकट गाविस कोराकमा बाख्रापालन व्यवसाय फस्टाउदै आएको छ । विपन्न किसानको आयआर्जन विकासका लागि सञ्चालित सानाकिसान उद्यमी सवलीकरण परियोजनाका कारण किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

स्थानीय कोराक गाविससँगको सहकार्यमा सञ्चालन भएको परियोजनामा अहिले करिब एक हजार ११० महिला आबद्ध छन् । उनीहरुलाई परियोजनाले बाख्रापालनका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

परियोजनामार्फत अहिले कोराकको गुराँस महिला समूहकी धनमायाँ तामाङले ३० वटा बाख्रा पाल्नुभएको छ । पहिले सानैमा बाख्रा मर्ने गरेकामा अहिले आधुनिक तरिकाले पाल्न थालेपछि हलक्कै बढ्न थालेको उहाँ बताउनुहुन्छ । कोराक–८ ढाट खोलाकी रोजी महिला समूहकी कोषाध्यक्ष टीकामायाँ चेपाङले पनि २५ वटा बाख्रा पाल्न थाल्नुभएको छ । समयमै खनिज पदार्थ र औषधि खुवाउने सिप सिकेपछि अहिले बाख्रापालन फष्टाएको उहाँको अनुभव छ ।

“गत वर्ष रु ५० हजार बराबरका खसी बोका बेचे” उहाँले भन्नुभयो । खोर सुधारका विषयमा परियोजनाले तालिम दिने र आवश्यक सुई लगाउने कुरा जाने पछि बाख्रा मर्न छाडेर आम्दानी बढेको उहाँको भनाइ छ ।

बाख्रापालनका लागि घाँस खेती गर्ने गरेका छन् भने ब्याडको बोकासमेत पालेर उन्नत जात निकाल्ने गरेको परियोजना हेर्दै आएका रुसेकका कार्यक्रम संयोजक भरत ढकाल बताउनुहुन्छ । यहाँ हेफर इन्टरनेसनलले लगानी गरिरहेको छ । गाविसको सहकार्यमा रुसेक र स्थानीय स्वरोजगार केन्द्रले यहाँ कार्यक्रम चलाएको हो ।

जिल्लाका कोराकसहित सिद्धी, चन्डिभन्ज्याङ, शक्तिखोरमा पनि कार्यक्रम सञ्चालनमा छ । कोराकमा मात्रै एक हजार १०० महिलाले १२ हजार ३०० बढी बाख्रापालन गरेका छन् । उनीहरुलाई उन्नत जातको ७६ वटा बोकासमेत परियोजनाले उपलब्ध गराएको हेफरकी कार्यक्रम अधिकृत सुनिता शेर्पाले बताउनुभयो । 

Comments

comments

Related Posts