बाँस खेती अभियानमा जोड

(No Comments)     March 1, 2016    

काठमाडौँ, १८ फागुन । बाँसको उपयोगिता महत्वपूर्ण हुने र यसले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले बाँस खेतीलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । 

एकीकृत पर्वतीय विकासका लागि अन्तर्रा्ष्ट्रिय केन्द्र(इसिमोड) र बाँसको अन्तर्रा्ष्ट्रिय नेटवर्कले आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा भूसंरक्षण र वन तथा पैदावारको संरक्षणमा बाँसको उपयोगिता महत्वपूर्ण रहेको उल्लेख गरियो । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पबाट नराम्ररी प्रभावित भएको अवस्थामा भूकम्पपछिको नवनिर्माण तथा पुनःनिर्माणका लागि बाँसको उपयोगिता महत्वपूर्ण हुने बताउनुभयो ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’का कारण १४ जिल्लामा तीन लाख बढी नेपाली घरबारबिहीन भएको र सात लाख ३० हजार भौतिक संरचना ध्वस्त भएको अवस्थामा बाँसको प्रयोग गरेर ती संरचनाको पुनःनिर्माण सकिने भन्दै कार्यक्रममा जानकारी गराइएको थियो ।

बाँस नवीकरणीय सामग्री भएकाले यसले वातावरण संरक्षण र पर्यावरणको रक्षाका लागिसमेत प्रभावकारी रहेको मन्त्री सापकोटाको कथन थियो । सो अवसरमा बाँससम्बन्धी जानकारले बाँसको उपयोगिता र प्रभावकारिताबारे स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा मुलुकको कुल ६३ हजार हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा बाँस रोप्न सकिने पाइएको जानकारी दिइएको थियो । रासस

Comments

comments

Related Posts