बन डढेलो ब्यवस्थापन जनचेतना सप्ताहब्यापी कार्यक्रम मनाउन वन महासंघको अनुरोध

(No Comments)     March 5, 2016    

दाङ । सामुदायिक वन उपभोक्ता महासघ, नेपाल जिल्ला महासंघ दाङले बिबिध कार्यक्रम गरी बन डढेलो ब्यवस्थापन जनचेतना साप्ताहब्यापी कार्यक्रम मनाउन मातहतका निकायलाई अनुरोध गरेको छ । वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले आज एक बिज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा बिबिध कार्यक्रम गरी डढेलो सप्ताह मनाउन आग्रह गर्नु भएको छ ।

फागुन १६ गतेदेखि २२ गतेसम्म तय गरिएको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत वन महासंघले जिल्लामा वन कार्यालय सहित सरोकारवाला निकायसँग समन्वय गरी बिबिध कार्यक्रम गरिरहेको उल्लेख गर्दैै बिज्ञप्तिमा सेक्टर, इलाका, गाउ तथा नगर इकाइ महासंघ र सवै वन समूहहरुलाई कार्यक्रम गर्न आह्वान गरिएको छ ।

वन क्षेत्रको संरक्षण गर्नु सवैको दायित्व भएको भन्दै वन महासंघले त्यसकालागि थप अग्रसर भएर अघी बढ्न आफू मातहतका निकायलाई अनुरोध गरेको हो । वन डढेलो नियन्त्रणकालागि गठित सञ्जाललाई थप सवलीकरण गर्ने, सञ्जाल गठनहुन बाँकी स्थानमा गठन गर्ने, उनीहरुका माध्यमबाट बिभिन्न सचेतनामूलक कार्यक्रम गर्ने, बन डढेलो लागी हाले बिभिन्न निकायसँग समन्वय गरी नियन्त्रण गर्ने लगायतका काम भइरहेको भन्दै वन महासंघलाई यो अभियानलाई यसबर्ष पनि थप प्रभावकारी रुपमा अघी बढाउने बिज्ञप्ति मार्फत जनाएको छ ।

डढेलो रोकथाम तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालय र उसका मातहतका निकाय, सुरक्षा निकाय, वन क्षेत्रमा काम गर्ने बिभिन्न निकाय सहित सहित सरोकारवाला निकायसँगको सहयोग र सहकार्य महत्वपूर्ण भएको भन्दै बिज्ञप्तिमा त्यसकालागि अन्य निकायलाई पनि समन्वय गर्न आह्वान गरिएको छ ।

 

Comments

comments

Related Posts