बंगुरबाट राम्रो आम्दानी

(No Comments)     January 16, 2018    

काठमाडौं । पछिल्लो समय युवा वर्ग कृषि पेशा व्यवसायप्रति आर्कषित हुन थालेकाछन् । विदेश भन्दा स्वादेशमै क्यै गर्नु पर्छ भन्ने जनचेतना युवा वर्गमा देखा पर्न थालेका छन् ।

ईलाम सूर्योदय नगरपालिका-३ का राकेस लिम्बु आप्नै गाउँमा बंगुरपालन व्यवसाय गर्दै आउनु भएको छ । बंगुरपालनबाट राम्रो आम्दानी गर्न सकेको लिम्बुको भनाई छ । सुरुमा अनुभावको लागि ४ वाट बंगुरको पाठा पाल्न सुरु गर्नु भएको लिम्बुले ८ महिनामा दुई-दुई मनका दरले बेच्दा झण्डै एकलाख भएको बताउनु हुन्छ ।

लिम्बुसँग अहिले बाह्रवटा बंगुर छ । एक लटमा छवटा बंगुर मासुको लागि बेच्ने गर्नु भएको सुनाउनु हुन्छ । बेच्न साथ मसिना पाठा हाल्ने गर्नु भएको छ । यसो गर्दा नियमित जस्तै आम्दानी हुने उहाँको भनाई छ ।

बंगुरपालनबाट छोटो समय र कम लगानिमै राम्रो आम्दानी आम्दानी हुने भएकाले पनि लिम्बुले बंगुरपालनमा गरेको बताउनु हुन्छ । लिम्बुले पढाईमा कर्मसबाट ब्याचलर गर्नु भएको छ । लिम्बु भन्नु हुन्छ “सबै साथीहरु विदेश गाए पनि आफू चै गाउँमै क्यैं गरु भन्ने सोचले गईन” ।

साथीहरुले अर्काको देशमा रातदिन पसिना बगाएर कमाएको आम्दानी भन्दा आफूले स्वादेशमै गाउँघरमा गरेको कृषि व्यवसायको कमाई नै राम्रो भएको लिम्बुको भनाई छ । “मेहनत गर्नु पर्छ आम्नै देशमा छ पैंसा” लिम्बु भन्नु हुन्छ ।

उहाँले लोकल क्रस कुखुरा समेत पाल्नु भएको छ । पोथी अण्डाको लागि र भाले मासुको लागि बेच्ने गर्नु भएको छ । कुखुराको अण्डाबाट मात्रै मासिक दश बाह्र हजार आम्दानी लिने गरेको उहाँ बताउनु हुन्छ । लिम्बु आप्नो कमाईबाट सन्तुष्टि रहेको बताउनु भयो ।

Comments

comments

Related Posts