बंगुरपालन आयआर्जनको प्रमुख स्रोत

(No Comments)     December 1, 2017    

काठमाडौं । पशुपालनले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण स्थान ओगट्न सफल भएको छ । पछिल्लो समय नेपालनको पशुपालनको क्षेत्रमध्ये पनि वंगुरपालन व्यवसाय सर्वाधिक आय आर्जनको सम्भावना बोकेको व्यवसायको रुपमा हेरिन्छ ।

बंगुरपालनलाई जीविकोपार्जनको प्रमुख स्रोतको रुपमा समेत लिने गरिन्छ । विगत लामो समयदेखि बंगुरपालन तथा बंगुरको मासुको उपभोगको प्रचलन खास समुदाय तथा वर्गमा मात्र सिमित रही आएकोमा पछिल्ला दिनमा तिव्र गतिमा भईरहेको सामाजिक परिवर्तन र मानिसको खानपानमा आएको परिवर्तनले गर्दा यसको क्षेत्र फराकिलो हुँदैै जानथालेकोछ । मुलुकको शहरीमा होस् या ग्रामिण भेगमा बंगुरको मासु र यसका परिकारको माग बढ्दो रहेको छ ।

देशका विभिन्न स्थानमा अझै पनि बंगुर पालन परम्परागत शैलीबाट गुज्रिरहेको अवस्थालाई तोड्दै कृषकको जीवनस्तर उकास्न प्रयासरत छन् । उपभोक्ताको बढ्दो सचेतनताले गर्दा बंगुरपालन व्यवसायलाई वैज्ञानिक, ब्यवस्थित, वातावरण मैत्री स्वच्छ र मर्यादित बनाउँदै ब्यवसायिक पेशाको रुपमा रुपान्तरण गर्न थालेका छन् कृषकहरु ।

बंगुरपालन गर्दै आएका कृषकमा व्यवसायिक ज्ञानको अभावका कारण स्वच्छ र गुणस्तरिय खाध्य उत्पादन गर्न निक्कै समस्य रहेको देखिन्छ । विधयमान अवसर र बढ्दो मागलाई सम्वोधन गर्न नीतिगत सुधारको खाँचो रहेकोछ ।

वर्तमान अवस्थामा यस व्यवसायको विकासका लागि समस्यहरुको पहिचान गरी अनुसन्धान र अन्वेषण गर्दै यस पेशामा लगानी गर्न प्रोत्साहन गर्नु र बंगुरको मागलाई विविधिकरण गर्दै यसको उपभोगको दायरा विस्तार गर्न विभिन्न प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको छ ।

मुुलुकभर छरिएर रहेका वंगुर व्यवसायिहरुलाई संगठित गर्दै व्यवस्थित, मर्यादित तथा व्यवसायिक वंगुरपालन गरी उनीहरुको दिगो आम्दानीको श्रोतको रुपमा विकास गरी समग्र देशकै आर्थिक प्रगतिमा समेत टेवा पु¥याउन सकिने देखिन्छ ।

बंगुरपालन व्यवसाय व्यवस्थित रुपमा गर्न सके सजिलो र छोटो समयमा राम्रो आयआर्जन गर्न सकिने आर्थिक स्रोतको रुपमा रहेको पाईन्छ ।

Comments

comments

Related Posts