फेस अफ पनाचे रनवे सिजन टु हुने

(No Comments)     December 17, 2015    

काठमाडौं । द पनाचे रनवे फेसन हाउसले आगामी जनवरी अन्तिममा फेस अफ पनाचे सिजन २ गर्ने भएको छ । दोश्रो चरणको अडिसनपछिको एक महिना विभिन्न विद्यामा प्रशिक्षण गराइने विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दोश्रो चरणको अडिसन आगामी डिसेन्मवर २६ मा राजधानीमा हुनेछ । पहिलो चरणको अडिसन भने डिसेम्वर छमा भएको थियो । मेल र फिमेलगरी सय जनालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराईने छ । मोडेल विजेताले पाँच लाख वरावरको गिफ्ट प्याकेज पाउनेछन् । साथै विजेताले मुुम्वईमा छ महिनासम्म बलिउड अभिनय प्रशिक्षण गर्ने अवसर पाउनेछन् । यसको खर्च आयोजकले नै व्यहोर्ने छ । छ महिनाको प्रशिक्षणपछि विभिन्न फेसन शोमामा समेत सहभागी गराईनेछ । त्यस्तै फस्ट र सेकेन्ड रनरअपलाई समेत विभिन्न गिफ्ट प्याकेज उपलब्ध गराईनेछ ।

 

Vishal Kapoor
फेसन डिजाईनर विशाल कपुरका अनुसार प्रशिक्षणपछि मोडलिङ प्रतिष्पर्धा र फेसन शो दुवै एकै साथ हुनेछ । प्रशिक्षणमा अभिनय, फिटनेस, स्विमिङ लगायत अन्य थुप्रै विद्यामा प्रशिक्षण दिइने संचालक स्वेता सिरोहियाले जानकारी दिनुभयो । गत वर्षको विजेता अन्जली लामा लगायत वसिमा वानु , थेन्दुप शेर्पा, गौतम धिमाल, स्वेता सिरोहिया, शुशिल श्रेष्ठ, लक्ष्मी वस्नेत, स्मिथ तामाङ, मेघना लामा लगायतको टीमले यस शोमा काम गरिरहेका छन् ।

बलिउड डिजाईनर विशाल कपुर र स्वेता सिरोहियाले संचालन गरेको पनाचे रनवेले प्रत्यक वर्ष झै यो बर्षपनि मोडलिङ प्रतिष्पर्धा र फेसन शो गर्न लागेको हो । यस प्रतिष्पर्धामा भाग लिन १६ देखी २८ वर्ष भित्रको हुनु पर्नेछ । प्रतिष्पर्धामा भाग लिन जेण्डर भने राखिएको छैन् । कसैसँग कुनै क्षमता भए उनीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् ।

Comments

comments

Related Posts