प्रयोग गर्न नहुने १६ विषादी (सूचीसहित)

(No Comments)     January 13, 2016    

काठमाडौं । सरकारले प्रतिबन्धित १६ विषादी प्रयोग नगर्न कृषकलाई सचेत बनाएको छ । विषादी ऐन ०४८ अनुसार प्रतिबन्धित विषादी आयात, खरिद(बिक्री र प्रयोग गर्न नपाइए पनि खपत नघटेपछि सरकारले सचेत गराएको छ ।


कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयले हालै ‘फोरेट’ नामक १६ औं विषादीमा प्रतिबन्ध लगाएको छ । निर्देशनालयले अहिलेसम्म १५४२ विषादी दर्ता गरेको छ । दर्ताबाहेकका विषादी प्रयोग गर्न पाइँदैन ।


हेर्नुहोस प्रतिबन्धित विषादी सूची
१ क्लोरोडेन
२ डीडीटी
३ डाइअल्ड्रिन
४ इन्डिन
५ अल्ड्रिन
६ हेप्टाक्लोर
७ मिरेक्स
८ इन्डोसल्फान
९ टोक्साफेन
१० बीएचसी
११ लिन्डेन
१२ फस्मामिड
१३ मिथायल माराथायन
१४ अर्गेनोमर्करी क्लोराइड
१५ मोनोक्रोटोफस
१६ फोरेट

Comments

comments

Related Posts