पाल्पामा अदुवाले बजार पाएन

(No Comments)     December 15, 2017    

काठमाडौं । पूर्वमा अदुवाले बजार नपाईरहेको समयमा पाल्पमा पनि अदुवाले बजार नपाए पछि कृषक चिन्तितमा बनेका छन् । यहाँका  कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा बिक्री नहुँदा दैनिकीे गुजार चलाउन समेत समस्या भएको छ ।

जिल्लाका धेरैजसो किसानले अदुवा खेती गर्दै आएकाछन् । तर दुई बर्षदेखी अदुवा बिक्री हुन छाडे पछि किसानहरु चिन्तित बन्दै गएका हुन् । अदुवा बिक्री नभएपछि सुठो समेत बनाएता पनि त्यो समेत बिक्री नभएको यहाँको किसानको छ । सुठो बनाउदा समयको खर्च र बनाउन निक्कै झण्झट हुने गरेको तर त्यो पनि बिक्री नहुँदा अझ ठूलो घाटा बहोर्नु परेपछि यहाँका कृषकमा चिन्ता माथि अझ चिन्ता थपिएको बताउछन् ।

गल्धाका कृषक तेजन सुनारी पहिले पहिले अदुवा बिक्री गरेर घरखर्च राम्रै चलेको भएपनि दुई वर्षयता अदुवा बिक्री नहुँदा परिवार पाल्न समस्याम परेको बताउनु हुन्छ । हिजआज अदुवा व्यापारिलाई रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने त छदैछ लगानी पनि नउठने भएकाले चिन्ता बढेको सुनारी बताउनुहुन्छ ।

यसैगरी, अर्का अदुवा कृषक दिलबहादुर रानाको समस्या पनि यस्तै रहेको छ । उहाँले यसपल्ट तीन सय धार्नी अदुवा उत्पादन गरेको तर बिक्री गर्न नपाउँदा मेहनत र लगानी खेर जाने भएकाले चिन्ता बढेको बताउनु हुन्छ । रानाले गतवर्ष अदुवा बिक्री नभएपछि दुई सय धार्नी अदुवाको सुठो बनाएको तर त्यो बिक्री नहुँदा लगानी समेत डुबेर ठूmो घाटा बर्होनु परेको बताउनु हुन्छ ।

अदुवा बिक्री गरेर दैनिक गुजारा चलाउदै आउनु भएका अर्का कृषक टोपबहादुर रानालाई अहिले साँझ बिहान खाद्यान्नको जोहो गर्न निक्कै समस्या परेको छ । उहाँको आयआर्जनको माध्यमनै अदुवा रहेको बताउनु हुन्छ । त्यही अदुवा पनि बिक्री नभएपछि समस्यामा राना समस्यामा पर्नु भएको हो ।

जिल्लामा मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेती विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ ।

गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ ।

तर जिल्लामा उत्पादित अदुलाले बजार भाउ नपाएपछि उहाँका अधिकांश अदुवा कृषक मारमा परेका छन् ।

Comments

comments

Related Posts