पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित

(No Comments)     March 1, 2018    

काठमाडौं । कफीबाट मनग्य आम्दानी हुन थालेपछि पाल्पाका किसान व्यवसायिक कफी खेतीतर्र्फ आकर्षित हुँदै गएका छन् । कफी खेती गर्न थालेसँगै किसानको आर्थिक अवस्थामा समेत सुधार आएको छ । जिल्लामा करिब एक हजार किसानले कफी खेतीबाट आम्दानी गर्दैआएका छन् ।

यहाँबाट ३३ टन कफी जिल्ला बाहिर बिक्री गर्न पठाएको तथ्यांक छ । तानसेन नगरपालिका–५ बराङ्दीस्थित सिद्धबाबा कफी उत्पादन सहकारी संस्थाका अध्यक्ष बलभद्र पौडेल कफी खेतीबाट स्थानीय बासिन्दाले वार्षिक रु पचास हजारदेखि रु तीन लाखसम्म आम्दानी गर्दैआएका छन् । प्रशोधन गरिएको कफी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री हुने गरेको छ् ।

जिल्लामा उत्पादित कफी नेपाल अर्गानिक कफी प्रोडक्सन र हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौँले निर्यात गर्दै आएको छ । यहाँ उत्पादित कफी अमेरिकामा समेत निर्यात हुँदै आएको कफी सहकारी जिल्ला संघका व्यवस्थापक कमलराज खनालले बताउनुभयो ।

अर्गानिक कफी प्रोडक्सनले नेपालभित्र तथा हाइल्याण्ड कफी प्रोडक्सन काठमाडौँले कफी अमेरिका निर्यात गर्दै आएका छन् । बल्ढेङ्गढी, सत्यवती, पालुङमैनादी, देउराली, खस्यौली, ताहुँ, रुप्से, ज्यामिरेलगायत स्थानमा सहकारीमार्फत कफी उत्पादन हुँदै आएको छ ।

बगैँचा व्यवस्थापन, व्यावसायिक बन्न प्रोत्साहन तथा शेयर सदस्यलाई रु ३० हजार बिनाधितो कर्जा प्रदान गर्न थालेपछि सो क्षेत्रका किसान सहकारीमार्फत कफी खेती गर्न जुटेका हुन् । सहकारीमार्फत ३० क्विन्टल रातो चेरी कफी संकलन भएको छ । पहिलो र दोसो चरणमा प्रशोधनसमेत सहकारीमार्फत नै हुने गर्छ ।

Comments

comments

Related Posts