पद्मिनी झालाई मिसेस् नेपाल युनिभर्स २०१६ को उपाधि

(No Comments)     August 22, 2016    


ई प्लानेट प्रालिले पद्मिनी झालाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१६ को उपाधि प्रदान गरेको छ । पद्मिनीले अब चीनको ग्वान्झाउ शहरमा सम्पन्न हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् नेपाल युनिभर्स २०१६’ नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिसेस् युनिभर्स २०१६ आगामी २९ अगष्ट देखि सेप्टेम्बर ६ तारिखसम्म चीनमा संचालन हुनेछ । मिसेस् युनिभर्स २०१६ मा सहभागि हुन जानुपूर्व पद्मिनीले कोरियोग्राफर रोजिन शाक्यबाट प्रशिक्षण प्राप्त गर्नेछिन् । मिसेस् युनिभर्स लागि पद्मिनीले फेसन डिजाइनर विश्व गौतमले तयार पारेको परिहन लगाउने छिन् भने उनले ट्यालेन्ट राउन्डमा घरेलु हिंसा शीर्षकमा अभिनय कला प्रस्तुत गर्ने भएकी छिन् जसका लागि उनी अभिनय प्रशिक्षक विमल सुवेदीको मार्ग निर्देशन पछ्याउने छिन् ।

मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ई प्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिलियाटी अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रनजीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् ।

मिसेस् नेपाल युनिभर्स २०१६ का रुपमा चयन भएकी पद्मिनी झा हाल आई.डी. नेपाल कन्सल्टेन्ट प्रा.लि.मा सोसियोलजिष्टका रुपमा कार्यरत छिन् । उनी यस अघि एग्रो फोरेस्ट्री बेसिक हेल्थ एण्ड कोअपरेटीभ नेपालमा काउन्सेलर तथा पर्सनालिटी डेभलपमेन्ट कोच, फोकल पोइन्ट, साउथ इष्ट एशियामा कम्युनिकेसन अफिसरका रुपमा कार्यरत थिइन् । यी लगायत अन्य सामाजिक संस्थाहरुमा पनि उनको व्यवसायिक अनुभव रहेको छ । भारतको नयाँ दिल्ली स्थित साउथ एशियन युनिभर्सिटीबाट सोसियोलजिमा स्नात्तोत्तर गरेकी पद्मिनीको रुची अध्ययन, लेखन, स्केचिङ, अभिनय, संगीत, नृत्य तथा फोटोग्राफीमा रहेको छ । उनी युपिएसी सिभिल सर्भिस परिक्षाका लागि प्रस्ताव गरिएको ‘इन्टरनेसनल अर्गनाइजेसन’ नामक पुस्तकका लेखिका पनि हुन् । मिस नेपाल २००९ की सहभागि समेत रहिसकेकी पद्मिनी करिब एक वर्ष नेपाल वन् टेलिभिजनका हेलो नेपाल नामक कार्यक्रमको भिजेका रुपमा पनि अनुभव सँगालिसकेकी छिन् ।

मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । हालका मिसेस् युनिभर्स अर्थात् २०१५ का विजेता क्यानाडाकी एस्ली कलिङबुल बर्नहाम हुन् । हरेक वर्ष झैं यो हिंसा विरुङको अभियानमा रहेको मिसेस् युनिभर्स यो पटक घरेलु हिंसा विरुद्धको अभियानमा समर्पित रहेको छ ।

9

Comments

comments

Related Posts