नेपाली भूमिमा प्रवेसगरी एसएसबीले गोली चलाउदा चार नेपाली घाइते

(No Comments)     November 25, 2015    

सुनसरी ९ मंसिर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोलीलागि चार नेपाली घाइते भएका छन् । एसएसबी समूह नेपाली भूमिमा प्रवेसगरी गोली चलाउँदा चार जना घाइते भएका हुन् । स्थानीयबासीका अनुसार एसएसबीका जवानले अन्धाधुन्ध गोली चलाउदा सुनसरी हरिपुरका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय शर्माले जानकारी दिए । उनीहरु भारतीय बजारबाट खाद्य सामान लिएर नेपाल फर्कदै गरेको जनाईएको छ । अशोकको दायाँ छातीमा गोली लागेको छ भने, नरेशको बायाँ कम्मरमा गोली लागेको छ । घाइते चारै जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Comments

comments

Related Posts