निजी सवारीलाई पेट्रोल तथा डिजल कहाँकहाँबाट कहिले वितरण गरिदैछ ? (सूचि सहित)

(No Comments)     December 6, 2015    

काठमाडौं, मंसिर २० – नेपाल आयल निगमले सोमबारदेखि निजी गाडीलाई पेट्रोल दिने भएको छ । लटका आधारमा सोमबारदेखि लगातार चार दिन मोटरसाइकललाई र त्यस पछिका चार दिन कार जीपलाई पेट्रोल दिने तयारी भएको निगमका थानकोट डिपो प्रमुख रविन शर्माले बताउनुभयो । उहाँका अनुसार सोमाबार १ देखि २५ लटका मोटरसाइकल, मंगलबार २२ गते २६ देखि ४० लट, बुधबार २३ गते ४१ देखि ५५ र बिहीबार २४ गते ५६ देखि माथिका लटका मोटरसाइकललाई पेट्रोल बिक्री गरिनेछ ।

निगमले मोटरसाइकलका लागि झण्डै ७ लाख लिटर पेट्रोल काठमाडौं उपत्यका र आसपासका ४० वटा पम्पबाट वितरण गर्ने तयारी गरेको छ । यस्तै कार जीपलाई २५, २७, २८ र २९ गते पेट्रोल वितरण गरिनेछ । २६ गते शनिबार परेकाले पेट्रोल वितरण हुने छैन । २५ गते १ देखि ४ लटका, २७ गते ५ देखि ७, २८ गते ८ देखि १० र २९ गते ११ देखि १३ लटसम्मका कार जीपलाई पेट्रोल बिक्री गर्ने निगमले जनाएको छ । सबै निजी गाडीलाई पेट्रोल उपलब्ध गराउने उदेश्यले कार जीप तथा मोटरसाइकललाई छुट्टाछुट्टै दिन पेट्रोल दिन लागेको थानकोट डिपो प्रमुख शर्माले बताउनुभयो ।

उहाँका अनुसार अहिले दैनिक विभिन्न नाका भएर २० देखि २२ प्रतिशतमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ । भारतको विहारमा भइरहेको चुनावका कारण भने पश्चिमी नाकाबाट तेल आउन सकेको छैन । विराटनगर र काँकडभिट्टा नाकाबाट भित्रिएका तेल सिधै काठमाडौं ल्याएर वितरण गर्ने तयारी निगमले गरेको हो । निगमले यसअघि तिहार अघि मात्र निजी गाडीलाई पेट्रोल बिक्रि गरेको थियो ।

Comments

comments

Related Posts