दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

(No Comments)     February 12, 2018    

काठमाडौँ । यही फागुनको ३ देखि ६ गतेसम्म काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ । कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने उद्देशयले सो कृषि प्रदर्शनीको आयोजना गर्न लागेका हुन् ।

मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने सो प्रदर्शनीमा भारत, मलेशिया, चीन, जर्मनी र्मनीलगायत देशले उत्पादन गरेका विभिन्न कृषियन्त्र साथै उपकरणहरु रहने छन् ।

सो प्रदर्शनीमा कृषिसम्बन्धी गोष्ठीसमेत हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सृजल भट्टराईले प्रदर्शनीमा कृषि सम्बन्धित पशुपालन, माछापालन, कुखुरापालन, डेरीका उत्पादन साथै विभिन्न कृषि उत्पादित सामग्री समेत रहने बताउनुभयो ।

Comments

comments

Related Posts