देशकै नमुना स्रोतकेन्द्र बन्दै सुलुबुङ

(No Comments)     January 18, 2017    

इलाम, ५ माघ । उत्तरी सुलुबुङ गाविसलाई उन्नत गाईको स्रोतकेन्द्रको रूपमा अघि बढाइएको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र गाईपालेर दूध उत्पादन गर्ने किसानले अहिले गाईपालनलाई व्यावसायिक रूप दिन थालेका छन् ।

पशु उत्पादन निर्देशनालयको सहयोगमा जिल्ला पशुसेवा कार्यालयले पाँच वर्षअघि वृहत्तर गाईपालन व्यवसाय कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसान गाईपालनमा व्यावसायिक बन्दै गएका हुन् ।

वृहत्तर गाईपालन कार्यक्रममा स्थानीय पाँचसय बढी किसानलाई आवद्ध गर्ने उद्देश्यका साथ यहाँका अगुवा किसान लागिपरेका छन् । “उन्नत गाईपालन गरेर देशकै नमुना स्रोत केन्द्रका रूपमा गाउँलाई विकास गर्न खाजेका छौँ,” सुलुबुङका लीला भट्टराईले भन्नुभयो ।

वृहत्तर गाईपालन व्यवसाय प्रवद्र्धनका लागि पशु उत्पादन निर्देशनालयले वार्षिक रु पाँच लाखसम्म किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । किसानले अनुदान रकममा २५ प्रतिशत थप गरी व्यावसायिक गाईपालन गर्दै आएका छन् ।

वृहत्तर गाईपालन व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत गाईको नश्ल सुधार, बिमा र प्राविधिक सहयोग उपलब्ध हुन थालेपछि यहाँका किसान गाईपालनतर्फ आकर्षित भएका छन्न् । किसानले घाँस काट्ने च्यापकटरमा समेत अनुदान पाएका छन् ।

यहाँ रु ८० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने उन्नत जातका गाई खरिदबिक्री हुँदै आएको छ । एउटै गाईले २०/२५ लिटरसम्म दूध दिने गरेको छ । व्यावसायिक गाईपालनको ज्ञान दिन गाउँमै पशु डाक्टर र प्राविधिक पुग्ने गरेका छन् । पाँच सयभन्दा बढी गाईको बिमा समेत भइसकेको छ ।

उन्नत र दूधालु गाई उत्पादनका लागि गाईमा जर्सी साँढेको वीर्यबाट कृत्रिम गर्भाधान गराइँदै आएको छ । एक वस्तु, एक उत्पादन नीति अनुसार वृहत्तर पशु उत्पादन कार्यक्रम सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालयका डिकबहादुर कार्कीले बताउनुभयो । रासस

Comments

comments

Related Posts