दूधगाउँमै खपत

छुर्पी, चीज, ललिपप, बम्बईसन गाउँमै उत्पादन

(No Comments)     November 24, 2017    

काठमाडौं । उदयपुर हडिया गाविसमा उत्पादन हुने दुध स्थानी उद्यमीले दुधका विभिन्न परिकारहरु बनाउन थालेपछि स्थानीय रुपमै खपत हुन थालेको छ । विगतमा स्थानीय रुपमा दुध खपत हुन नसक्दा र बाहिर पनि पठाउन नसक्दा त्यसै जाने गरेको थियो । 

तर अब गाउँमै छुर्पी, गुतपाक, चीज, ललिपप, बम्बईसन आदि बनाउन जाने पछि स्थानीय रुपमै खपत हुनथालेको स्थानीय अगुवा उद्यमी कुमारसिंह कार्कीले बताए । घयू, दही, महि, नौनी बनाउने चलन पुरानै भए पनि नयाँ परिकारहरु केही अघि देखि बनाउन थालिएको छ ।

बनाईएका परिकारहरु स्थानीयबजार, हाट, पसलहरुमा विक्री हुने गरेको उद्यमी नरेन्द्र खड्का बताउछन् । पूर्व शिक्षक समेत रहनु भएका उद्यमी कार्कीका अनुसार केही समय अघि दुधको विभिन्न परिकार बनाउने तालिम स्थानीय १२ जना उद्यमीलाई दिईएको थियो । जिल्ला घरेलु विकास समितिउदयपुर र एकिकृत पशुपालनतथा कृषिफर्म, हडियाको संयुक्त अयोजनामा तालिम दिईएको थियो । 

हडिया गाविस र आसपासका गाउँमा ब्यवसायिक रुपमा गाईभैसी पालन तथा हरेक घरमा दुहुना गाई रहेकाले दुध प्रसस्त पाईने गरेको हो । त्यसरी उत्पादन भएका दुध खपत भन्दा बढि हुँदा त्यसको सदुपयोग गर्ने सीप, ज्ञान नहुँदा त्यसै खेर जाने गरेको थियो ।  अहिले दूधबाट दूधजन्य विभिन्न परिकार उत्पादन गरि पशुपालक किसानले गाउँमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।

अझ उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि अपनाउन सके आर्थिक रुपमा गाउनै सफल हुने किसानहरुको भनाई छ । 

Comments

comments

Related Posts