थवाङको च्याउ कुहिने अवस्थामा

(No Comments)     August 22, 2018    

काठमाडौं । उत्तरी रोल्पाको वीर बलभद्र माध्यमिक विद्यालय थवाङले उत्पादन गरेको च्याउ बजारको अभावमा कुहिएर त्यसैखेर जाने अयस्थामा पुगेको छ । आयआर्जनका लागि सो विद्यालयले आन्तरिक आयस्रोत वृद्धि गर्न, शिक्षालाई व्यवहारिक एवं प्रयोगात्मक बनाउन बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी परिचालन गरी च्याउखेती थालिएको हो ।

च्याउखेती गर्न विद्यालयले रु ३ लाख लगानी गरेको बताइएको छ । दैनिक २५ देखि ५० किलोसम्म उत्पादन दिन थाले पनि स्थानीय बजारमा च्याउ थोरैमात्र बिक्री भएको छ ।

जिल्लाका साना ठूला बजार खोजिएको तर वर्षात्का कारण सडक अवरुद्ध हँुदा अन्यत्र पठाउँन नसकिएको हो । सानो बजारका कारण उत्पादित च्याउ खपत हुन नसक्नु साथै संरक्षण र भण्डारण गर्ने प्रविधि तत्काल उपयोग गर्न नसकेपछि च्याउ कुहिएर जाने भएको वलीले भनाई छ । धेरै प्रयास गर्दा पनि च्याउ कुहिनबाट बचाउन नसक्दा रु दुई लाख बढीको क्षति भएको उहाँले बताउनुभयो ।

यस वर्ष च्याउ कुहिए पनि आगामी वर्ष विशेष तयारीसाथ ठूलो परिमाणमा खेती गर्ने विद्यालयले जनाएको छ । प्रविधिमैत्री उत्पादन र बजारीकरणलाई साथसाथै जोडेर उत्पादनमा ध्यान दिने वलीले बताउनुभयो । थवाङलाई अर्गानिक गाउँ घोषणाका लागि प्रमाणीकरणको काम भइरहेकाले विद्यालयले उत्पादन गरेको च्याउ तथा तरकारी रसायनिक र विषादीमुक्त रहेको बताइएको छ ।

च्याउखेतीको राम्रो सम्भावना रहेको थवाङमा उत्पादित च्याउ सुकाएर पछि बिक्री गर्ने प्रविधि जरुरी रहेको विद्यालयले जनाएको छ ।विद्यार्थीले गर्ने प्रयोगात्मक अभ्यासबाट निरन्तररूपमा च्याउ उत्पादन हुने भएकाले बजारको खाँचो रहेको बताइएको छ ।

सानातिना काममा सरकारको मुख नताकी विद्यालयमा गरिने यस्ता उत्पादनमूलक कामले विद्यालयको आत्मनिर्भरता बढाउने स्थानीयको भनाई छ ।

Comments

comments

Related Posts