ट्वेन्टीसेभेन आवर्स’को अफिसीयल ट्रेलर सार्वजनिक

(No Comments)     March 4, 2016    

काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को अफिसीयल ट्रेलर सार्वजनिक गरिएको छ ।एक मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा चलचित्रमा समाबेस केही डरलाग्दा दृश्यहरुलाई स्थान दिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा भिएफएक्स बाट बनाइएका बिभीन्न डरलाग्दा दृश्यहरु समेत देख्न पाइन्छ ।

साइकोलोजिकल हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को यस्तिबेला पोस्टप्रोडक्सन भारतको हैदराबादमा भैरहेको छ । चैत्रमा रिलीजको तयारी गरिएको यो चलचित्रलाई दिपक लम्सालले निर्माण गरेका हुन् ।

बुटवल , पाल्पा र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रमा दिपक लम्साल ,सिद्धु पुजारी ,सारिका घिमिरे,मधु घिमिरे लगायतको अभिनय रहेको छ । फोटोग्राफी पढ्ने केही ब्याक्तीहरुको एक अनुसन्धानका क्रममा २७ घण्टाभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ ।

पछिल्लो समय नेपालमा हरर चलाचित्र बन्न छोडेको बेला आधुनीक प्राविध प्रयोग गरेर चलचित्र बनाएको कारण चलचित्रलाई दर्शकले रुचाउने निर्माता तथा कलाकार दिपक बताउछन् ।


साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेका यो चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ ।

Comments

comments

Related Posts