झापामा उत्पादित मरिच बिक्री हुन सकेन

(No Comments)     July 25, 2018    

काठमाडौं । झापामा उत्पादित मरिच बिक्रि नहुँदा किसान मारमा परेका छन् । तेस्रो मुलुकबाट आयातित मरिचका कारण स्थानीय किसानले उत्पादन गरेको मरिच बिक्री हुन छाडेका हुन् ।

झापाको अर्जुनधारा, मेचीनगर र बुद्धशान्तिमा मरिचको व्यावसायिक खेती हुने गरेपनि मरिच बिक्री नहुँदा सयौँ किसान मारमा परेका छन् । अर्जुनधारा नगरपालिकाका कृषि शाखाका अधिकृत शालिकराम भट्टराईका अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा १७ मेट्रिक टन मरिच उत्पादन भएको छ । सुपारीको बोटमा लहराएर फल्ने भएकाले मरिचको खेतीलाई ‘परजीवी खेती’समेत भनिन्छ ।

गतवर्ष प्रतिकिलो मरिच १ हजार ६ सयमा घरबाटै बिक्री भएको थियो । यसवर्ष ४ सयमा समेत बिक्री नभएको अर्जुनधारा–१० का दिनबन्धु पोखरेलले बताए । यसपाली ६ सय किलो मरिच उत्पादन गरेको भए पनि तस्करीले तेस्रो मुलुकबाट आयात गरिएको मरिचका कारण बिक्रि हुन नसकेको पोखरेलको गुनासो छ ।

बुद्धशान्ति गाउँपालिका–७ का योगेश निरौलाको पीडा पनि उस्तै छ । उनी तेस्रो मुलुकबाट मरिचको आयातमा प्रतिबन्ध लगाएमात्रै स्थानीय किसानको उत्पादनले उचित मूल्य पाउने बताउछन् । मेची भन्सार कार्यालय काँकडभिट्टाले आव २०७४/७५ मा ९६ हजार ८ सय किलो मरिच आयात भएको थियो ।

भन्सार प्रमुख टेकबहादुर अर्यालका अनुसार इन्डोनेसिया, श्रीलंकालगायत तेस्रो मुलुकबाट मरिच आयात गरिँदै आएको छ । यसरी आयात गरिएको मरिच तस्करी गरी भारतमा बिक्री हुने गरेको छ । रासस

 

Comments

comments

Related Posts