बगुर उत्पादनमा सुधार (संभावना र चुनौती)

(No Comments)     September 24, 2016    

डा केदार कार्की
पशु स्वास्थ्य व्यवस्थापन सल्लाहकार
अष्ट्रीच नेपाल प्रा.ली. ,रुपन्देहि

पुष्ठभुमी:

काठमाडौं । मानीसका जनसंख्यामा भइ रहेको अप्रत्यासीत बृद्धि र आर्थीक स्तर एवँ जीवनस्तरको बृद्धि गरिनु पर्ने अन्यन्त आवश्यक परेको आजको अवस्थामा मासु तथा मासुजन्य पर्दाथको उत्पादन विस्तार गर्न सकिने प्रशस्त संभावना छ ।

कृषि तथा पशुपालन क्षेत्रमा विज्ञान र प्रविधिमा सुधार एव परिमार्जन गर्न सकिने संभावना असिमित छन् । हामी सँग भौतीक प्राकृतिक एव मानविय श्रोत र साधन प्रचुर छन् यदि माथी उल्लेखित श्रोतहरुलाई भौगोलीक अवस्था एव त्यस क्षेत्रका मानव श्रोत सँग भएको परंपरागत शीप पेशालाई उपयुक्त प्रविधि सँग संयोजन मात्र गर्न सकियो भने हामी मासुजन्य प्रोटिनको माग सजीलै पु¥याउन सकछौ

। कृषि तथा पशुपंक्षिपालन क्षेत्रको संवन्ध अव प्रतिस्पधात्मक नरहेर बरु एक आपसमा परिपुरक का रुपमा देखा पर्न थालेका छन् ।प्राय जसो कृषकको कृषि प्रमुख पेशा भए पनी धेरै जसो किसानले एउटा बैकल्पीक आयआर्जन गर्ने श्रोतको रुपमा पशुपालन का विविध खाले पशु पाल्न थालेको पाइन्छ ।

bangur-palan

जस्मा हाम्रा आदीवासी जनजाती सिमान्त कृत समुदाय एव मुलुकमा विगतमा विविध खाले दवन्दका कारण आफ्नो थात तलो छाडी अलकती सुरक्षित ठानीएको शहरी क्षेत्रमा बस्न पुगेका सुकुम्वासीहरुको भरपर्दो आयआर्जनको श्रोत वगुर पालन हुन पुगेको दृष्टान्त खोज्न कहि अन्त जानु पर्दैन हाम्रो चार भन्ज्याङगका खोलाकिनारमा सुकुम्वासी बस्ती हेरे पुग्दछ । अझ यस भन्दा आशलाग्दो परिदृष्य हाम्रो अगाडी देखा पर्दैछ , वैदेशिक रोजगारीवाट फर्केको एउटा ठुलो जमात बगुरपालन पेशा प्रति आर्कषित हुनु ।

नेपालको समग्र कृषि प्रणालीमा पशुपंक्षिपालन धेरै हद सम्म अन्तर सवन्धीत एव निहित भएर वसेको छ । कृषि खेतीमा मात्र संलग्न कृषक समुदाय बैमौसमी वैला वेरोजगारीको अवस्थामा खाली वस्न पर्ने हुन्छ त्यस वेलाको लागी आय आर्जनका लागी कुनै वैकल्पीक कृषिमा नै आधारीत पेशाको खाजीमा हुन्छन् जसबाट थप आमदानी मिलोस ।

यस कारणले पशुपंक्षिपालनले खेती पाती र पशु पंक्षिपालनका वीच सम्मान जनक प्रशँसात्मक सवन्ध रहेका सप्रमाण शिद्ध गरेको छ ।जसका कारण सामाजिक परिर्वतन कृषकको आर्थिक अवश्थामा आएको सुधारले संकेत गर्दछ ।यसकै सेरोफेरोमा वगुरपालन एउटा उत्तम विकल्प हुन सक्ने संभावना वोकन सक्छ किनभने यी प्रजाती हरु हल्लक चाडै वडने फलप्रद क्षमता भएका अरु पशुपंक्षि भन्दा वढि मानिन्छ ।यीनीहरु लाई छिटै वंश सुधार गर्न सकिन्छ तथ यीनले छिटो छिटो वथानको संख्या बढाउन्छन् ।

पाँच पोथी तथा एक भाले राखेको वथानले प्रतिबर्ष अस्सी वटा पाठापाठी जन्माउछन् । यीनीहरु ले दानालाई पशुजन्य उत्पादनमा रुपान्तर गर्न अब्बल मानिन्छ । बगुरहरु कृषि तथा पुशीपक्षिजन्य उपउत्पादन प्रभावकारी रुपमा आफ्नो दानाआहाराको रुपमा प्रयोग गर्दछन् ।

जस्तै धानको ठुटो , कनीका मकैको ठुटो , फिसपिल , भिटामिन , वोनमील , पिना , वल्ड मील भान्सा तथा होटल , पार्टिप्यालेस , रेस्टुरेन्टवाट निस्कने रछयान मोलासेस स्कीम्ड मिल्क वटर मिल्क , क्षयकृत अन्न क्षयकृत वेकरी उत्पादन वियर कारखानाबाट निस्कने कड र केही घासपात जुन नत्र भने खेर जाने थिए , अझ गाउ शहर का बाटामा थुपारिएका फोहोर मैलाबाट पनी आफ्नो आहारा जोहो गर्न सक्छन् ।

pigs

 

यसैले यीनलाई स्वयसेवी सफाइकर्मी पनि भनीन्छ । स्थानीय रैथाने काठे संगुर पाल्नु पाइदाजनक मानीन्न बरु लार्ज हवाइट योर्क शायर मध्य सेतो योर्कशायर लैडरस जस्ता उन्नत जातहरुका साथै धराने कालो बगुर हाम्रो जस्तो भौगोलीक वनौट जनसमुदायको संरचनाको लागी पाल्न उपयुक्त मानीन्छ ।

बगुर पालनको स्तरोन्नतीका मुख्य अवरोध वाधाहरु 

१) उच्च उत्पादकत्व को लागी उन्नत -उच्च स्तरीय मुल अनुबांशीक वीउको अभाब
२) उच्च तथा संर्पुण पोषण युक्त दाना आहारा को सहज उपलवधत नहुनु ।
३) अत्याधिक बर्षा तथा ओसाइलो कारण विभिन्न रोग व्याधीको संक्रमण हुनु वेलैमा प्रयोगशालाजन्य रोग पहिचान हुनु नस्कनु तथा प्राज्ञिक तथा प्राविधिक ज्ञानको अभावका कारण रोकथाम एव उचीत ,औचित्यपुर्ण प्रभावकारी उपचार सेवा बगुरपालक कृषक सम्म सहज पहुच हुन नसक्नु ।
४) अप्रयाप्त उन्नत जातका बंगुरका पाठापाठी उपलब्ध हुने श्रोत केन्द्रहरु
५) व्यवस्थीत वद्यशालाको पुर्ण अभाव वैज्ञानिक तवरले बगुर बध गर्न साथै शुद्ध स्वच्छ सफा स्वास्थ्य मासु वर्गीकरण गरी बगँरुको मासु गुणस्तर अनुशार बर्गीकरण गरी पोका पारी बजारीकरण गर्न ।

रणनितिक देखा परेका समस्या 
लक्ष्य उद्देश्य प्राप्तीका लागी देखा परेका समस्या समाधान गर्न पटि लाग्नु पर्ने बेला आएको छ नत्र अहिले नभए कहिले नी हुन्न । संगुर वंगुरका उपलब्ध उन्नत अनुवांशिकी उपलब्धताको प्रभावकारी जानकारी तीनको उचीत संरक्षण तथा व्यवस्थापन गर्नु पर्ने ।

बगुर पालन क्षेत्रमा उपलब्ध दानाको श्रोत तीनको उपभोग परम्परागत बगुरको दानाको पहिचान तथा अहिले प्रयोग गरीएका दानाको पोषण गुणस्तरको स्तरोन्नती याँत्रीक जीवाणुजन्य वा रसायनीक प्रयुकत विधि बाट गर्ने ।

बँगुर पालीने भौगोलीक क्षेत्र मौसमी अवश्था वँगुरको उमेर पालीएको प्रयोजन सहितको वथानमा रोगको नियमीत नियमण अनुगमन कडा नीगरानी राखीनु पुर्व सुचना प्रवाह देखा पर्न संक्राकम असक्रामक समर्पक बाट सर्न सक्ने बेलैमा सो क्षेत्रका कृषक प्राविधिक पशुचिकित्सकमा द्रुतरुपमा गर्ने व्यवस्था गर्ने तथा रोकथाम तथा उपचार सेवा पुर्व तथा पुर्ण तयारीको व्यवस्था मिलाउने न कि जव भयो राती अनी बुडी ताती भन्ने झै अहिलेका जस्तो अवश्था नरहोस ।

हाम्रो जस्तो अवस्थाको लागी सुहाउदो प्रविधिको प्रसोधन तथा भण्डारा बगरुजन्य मासु निर्पुणनता पुर्वक ओसार पसार प्रसोधन तथा भण्डारण विकाश गर्ने बद्य गर्दा मासु काट छाट गर्दा हुने क्षती कम होस र मासु धेरै समय सम्म स्वास्थ्य र सुरक्षित राख्न सकियोस तर अन्नतकाल सम्मको लागी भने हैन ।

नवीन जैबीक प्रविधिजन्य विधिहरुको उपयोग श्रोत संरक्षण अनुवांशीक सुधार प्रजनन अभ्यास बाट बँगु पालनमा सुधारका साथै ग्रामीण क्षेत्रमा आर्थीक अभिवृद्धि रोजगारी का अवशरको श्रृजना हुनका साथै उपभोक्ता ले गोठ देखी ओठ सम्म शुुद्ध सफा स्वच्छ स्वस्थ्य वर्गीकरण गरिएको मासु उपभोग गर्न शहज रुपले पाउने नै छन् ।

Comments

comments

Related Posts