जुकाले तरकारी उत्पादनमा कमी

(No Comments)     June 8, 2018    

काठमाडौं । जुकाका कारण किसानले पर्याप्त उत्पादन गर्न सकेका छैनन् । गोलभेंडा, काउली, आलु, खुर्सानीलगायतका तरकारीको जरामा लाग्ने जुकाका कारण किसानले भने जस्तो उत्पादन लिन नसकेको हो । 

जरामा लाग्ने जुकाका कारण बोट पहेँलो, होचो र ओइलाउका साथै उत्पादन पनि कम मात्र हुने गर्दछ । कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाका अनुसार जुकाले बालीमा प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा असर गर्र्नेे गर्दछ ।

यस्तै वैज्ञानिक चेतना मानन्धरका अनुसार प्रत्यक्ष रुपमा जुकाले जरामा आक्रमण गर्दा उत्पादन कम हुन्छ भने अप्रत्यक्ष रुपमा फलेको बालीको गुणस्तर कम हुन जाँदा बजार मूल्य पनि कम पाउँने हुन्छ । जुकाको आक्रमणले फलको आकार सानो र बाङ्गो हुने उहाँको भनाई छ ।

जरामा जुकाले आक्रमण गरेको बोटमा ढुसी साथै हानिकारक जीवाणुले पनि चाडैं आक्रमण गर्ने गर्दछ । काउली, गोलभेँडा, भण्टा, आलु, खुर्सानी, रामतोरीया, गाजर, रायोसाग, बन्दा, परवल, प्याज, काँक्रो, फर्सी, ब्रोकाउलीलगायत तरकारीमा जुकाले आक्रमण गरेको पाइन्छ । शुरुमा जराको टुप्पोबाटभित्र पसेर जुकाले आफ्नो तिखो सुँडले कोषको रस चुस्दछ ।

जुका छिरेको दुई-तीन दिनमानै जरामा गाँठा देखिन थाल्छ । वैज्ञानिक मानन्धर अनुसार दिनदिनै गाँठा बढ्दै जान्छ र केही समयपछि उखालेर हेर्दा नाङ्गो आँखाले समेत देख्न सकिन्छ । तोरी, रायोलगायतको पिना, गाईबस्तुको मल, रायोको बीउ पिनेर बिरुवा रोप्ने गर्दा रोग कम लाग्न सक्छ ।

बजारमा पाइने जरामा हाल्ने विषादी मिलाएर हाल्न पनि वैज्ञानिकले किसानलाई सल्लाह दिँदै आएका छन् ।

Comments

comments

Related Posts