जापनमा पनि छक्कापञ्जा (भिडियो सहित)

नागोया तथा टोकियोमा आउने आईतबार प्रदर्शन हुने

(No Comments)     November 2, 2016    

जापान । नेपाली चलचित्र राम्रो बन्यो भने अहिलेजस्तो ९५ प्रतिशत घाटा हुने सम्भावना न्यून हुदै जान्छ भन्ने गतिलो उद्हारण बनेको चलचित्र छक्का पञ्जा ।

यस चलचित्र निर्माणकै क्रममा ओभरसिज राईट्सबाटै राम्रो रुपैया हात पारेको थियो यस चलचित्रले । अहिले यस चलचित्रले जापानमा पनि राम्रो चर्चा पाई रहेको छ । जापानको विभिन्न स्थानमा यस चलचित्र प्रर्दशन हुने मिति तय भईसकेको छ ।

जापानको नागोया तथा टोकियोमा एकै दिन चलचित्र देखाईने आयोजक संस्था लाखेँ ईन्टरटेनमेन्टले जनाएको छ । यी दुबै स्थानमा यही नोवेम्वर ६ तारिक आईतबार साँझ प्रर्दशनी गर्ने जनाईएको छ ।

लाखेँ इन्टरटेनमेन्टका अनुसार दुबै स्थानकोलागि टिकट लगभग बिक्री भईसकेको छ । यस संस्थाले अब नियमित राम्रा नेपाली चलचित्र प्रदर्शनी गर्दै जाने पनि जनाएको छ । यस चलचित्र प्रदर्शनको पूर्वदेखि नै प्रसारप्रसार ब्यापक बनाईएको छ । छक्कापञ्जा कै शैलीमा प्यारोडी भिडियो निर्माणगरी प्रचारप्रसारलाई नयाँ रुप दिइएको छ ।

नमस्ते टोकियोका लागि रोशन कार्कीद्धारा तयार पारिएको भिडियोमा राजन राई, विनोद गुरुङ, शिवराज भट्टराई, निरज अर्याल, टिका क्षेत्री, सुरेश पोखरेल, प्रविन राई, अनिल राई, डीएस मल्ल ठकुरी, निसा तामाङ, कृति गुरुङ, समिन ओली, अरुण क्षेत्री र सुविन लामाले अभिनय गरेका छन ।

पहिलो प्रदर्शन भने जापानको फुकुओकामा अक्टोवर २८ तारिकमा सम्पन्न भईसकेको छ । अन्य आधा दर्जन स्थानमा यो चलचित्र प्रदर्शन गरिने जनाईएको छ ।

यस्तै स्वस्तिक नेपाल समाज जापानले समेत चलचित्रको प्रचारलाई तीव्र पारेको छ । सामाजिक संजाल फेसबुक तथा अन्य सवै संचारका माध्यमबाट छक्कापन्जा चलचित्रको पोस्टर तथा टिकट विक्रीको वारेमा जानकारी दिदै आएको छ ।

अहिलेसम्मकै सबैभन्दा धेरै ब्यापार गर्न सफल यस चलचित्र दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । जसमा दीपक राज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, जितु नेलाल लगायत नेपाली टेलीश्रृंखलामा हास्य कलाकारहरु प्रायः सबैको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=J8COkn1Bfc4

Comments

comments

Related Posts