जलवायु परिवर्तन सम्बन्धी समयमै सचेत बनौं

(No Comments)     November 10, 2017    

काठमाडौं । हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देखिएको छ । सदरमुकाम दुनैमा आज आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक कार्यक्रममा सो जानकारी गराइएको हो ।

विगत चार वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लापाका जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा स्थानीयस्तरबाट आवश्यक पहल चाल्नुपर्नेमा जोड दिएका थिए । साविकका लिकु, रह, काइगउँ, लावन र सहरतारा गाविसमा लापाले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जिल्ला संयोजक खनालले जानकारी दिए ।

यसैगरी ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले पृथ्वीमा बढिरहेको तापमानले जलवायु परिवर्तनमा ठूलो असर पारिरहेको र यसप्रति समयमै नसोच्ने हो भने यसले भयावह अवस्था व्यहोर्नु पर्ने बताए । पाँचवटा गाविसमा सञ्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत पानी घट्ट निर्माण, सुधारिएको चुलो वितरण, वृक्षारोपण, नहर सुधार, नर्सरी निर्माण जस्ता कार्यक्रम गरिएको लापाले जनाएको छ ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ। प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसैगरी, सडकको दायाँ-बायाँका किनारामा वृक्षारोपण गर्न सके मात्र पनि मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन उत्पादनमा सहज हुने गर्दछ ।

यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा सङ्कटमा पर्ने देखिन्छ छ भने निकै ठूलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ । त्यसैंले हामीले जलवायुमा परिवर्तन सम्बन्धि समयमै सचेत हुन आवश्या छ ।

Comments

comments

Related Posts