जडीबुटीबाट मनग्य आम्दानी

(No Comments)     February 11, 2018    

काठमाडौं । हिमाली साथै उच्च पहाडी जिल्लाका वासिन्दाले जडीबुटीबाट मनग्य आम्दानी गर्नुका साथै व्यावसायिक बन्दै जान थालेका छन् । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार परियोजना मार्फत १० जिल्लाका किसानले जडीबुटीलाई आर्थिक उपार्जनको माध्यम बनाउन थालेका हन् ।

उच्च हिमाली साथै पहाडी जिल्लमा चिराइतो, अल्लो जटामसीलगायत जडीबुटीको सामुदायिक जंगलमा संकलन र संरक्षण भइरहेको परियोजनाका निर्देशक विजयकान्त झोले बताउनु भयो । जंगलमा कुहिएर त्यसै खेर गइरहेको जडीबुटीबाट त्यहाँका किसानले राम्रो आम्दानी लिन थालेका हुन् ।

परियोजनाले नेपालगञ्ज, भैरहवालगायतका स्थानमा यस्ता जडीबुटी प्रशोधनका लागि उपकरण किन्न चाहने उद्योगलाई अनुदान सहयोग गरेको र संकलन भएका जडीबुटी यिनै उद्योगबाट प्रशोधन हुँदै आएको छ ।

स्थानीयवासीलाई संकलनसँगै संरक्षणसमेत सिकाइएको परियोजना निर्देशक झा बताउनुहुन्छ । कृषि उत्पादन कम हुने र आम्दानीका हिसाबले कमजोर रहेका स्थानका किसानलाई व्यावसायिक बनाउनका लागि परियोजना सञ्चालनमा ल्याइएको र ती स्थानमा उत्पादित जडिबुटी केन्द्रित सहायक परियोजना सञ्चालित छ ।

परियोजनाले सहायक परियोजनामार्फत त्यहाँ सम्भावना भएको क्षेत्रमा अनुदान सहयोग गरिरहेको छ । कुषि विकास कार्यालय र पशुसेवा कार्यालयमार्फत सञ्चालन भइरहेको यो परियोजनाको अवधि आगामी असारसम्म रहने त्यसपछि कार्यक्रम स्थानीय निकायमा हस्तान्तरण गर्ने योजनामा रहेको छन् ।

Comments

comments

Related Posts