छोटो अवधिमा राम्रो आम्दानी

(No Comments)     December 27, 2017    

काठमाडौं । थोरै लगानी र छोटो अवधि राम्रो आम्दानी हुने भएकाले कृषक च्याउ खेतीप्रति आर्कषित भएकाछन् । कञ्चनपुरको बेलौरी नगरपालिकाको १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गर्न थालिएको छ ।

नगरपालिकाको कृषि शाखाको अनुदान रकम परिचालन गरी किसानलाई च्याउ घर निर्माण गर्न आवश्यक पर्ने बाँस, खर, प्लास्टिक, बीउ र पराल खरिदका लागि रु १० हजारका दरले अनुदान रकम वितरण गरिएको छ । इच्छुक कृषक समूह र व्यक्तिगतरुपमा च्याउ खेती गर्ने कृषकलाई अनुदान रकम वितरण गरिएको

कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । प्रत्येक च्याउ घरमा १०० देखि १५० पोका पराल च्याउ उत्पादनका लागि राखिएका छन् । दशवटै च्याउ घरमा ७०० किलो च्याउको बीउ खपत भएको छ । कृषकले हालसम्म च्याउ खेतीबाट रु चार लाख मूल्य बराबरको दुई मेट्रिक टन बढी उत्पादित च्याउ स्थानीय बजारमा बिक्री गरिसकेका छन् । अझै रु ३० लाख बढी मूल्यको १५ मेट्रिक टन च्याउ उत्पादन हुने उहाँले बताउनुभयो ।

च्याउ घर निर्माण गरेको ४८ दिनमै किसानले राम्रोे आम्दानी गर्र्न थालेपछि च्याउखेतीलाई व्यावसायिकरुपमै अगाडि बढाउने सोचमा रहेको किसान बताउछन् । अनुदान रकम पाएर पहिलोपटक च्याउ खेतीमा संलग्न किसान राधेश्याम चौधरीले बीउ राखेको ३० दिनदेखि नै उत्पादन दिन थालेकाले बताउनहुन्छ ।

अहिलेसम्म स्थानीय बेलौरी बजारमा रु ७० हजार बढीको उत्पादित च्याउ बिक्री गरेको उहाँले बताउनुभयो । अझै रु तीन लाखभन्दा बढीको च्याउ बिक्रीका लागि तयार भएको उहाँको भनाई छ । यहाँ उत्पादित च्याउ प्रतिकिलो रु २००-२५० मा बिक्री हुने गरेकाछन् । यहाँ च्याउ खेतीबाट प्रत्यक्षरुपमा तीनसय भन्दा बढी किसान लाभान्वित भएका छन् ।

च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान बेमौसमी समयमा पनि च्याउ खेती गर्नका लागि तालीमको व्यवस्था गरिदिन माग समेत गरेका छन् ।

Comments

comments

Related Posts