च्याउ व्यवसायबाट लखपति

(No Comments)     December 8, 2017    

काठमाडौं । उपभोक्ताको बढ्दो माग, कम लगानी र छोटो समयमा च्याउ व्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ । पाल्पा रामपुरका कृषक बलबहादुर रानालाई यतिबेला यसतै भएको छ, च्याउ बिक्री गर्दैमा दिन बित्ने गरेको छ । उहाँले अहिले च्याउबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

च्याउ बिक्रीबाट यसवर्ष रु पाँच लाखदेखि रु ६ लाखसम्म आम्दानी गर्ने उहाँको लक्ष्य छ । चार वर्षसम्म विदेशमा बसेर स्वदेश फर्केलगत्तै रानाले व्यावसायिक रुपमा च्याउखेती गर्न थालेको बताउनु हुन्छ ।  रानालाई यतिखेर बजारको बढ्दो मागलाई धान्न मुस्किल परेको छ । 

रानाले उत्पादन गर्ने भएको च्याउ पाल्पा, स्याङ्जा र तनहुँका विभिन्न स्थानीय बजारमा बिक्री गर्दै आएको बताउनु हुन्छ । दैनिक ७० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ भने रानाले च्याउ प्रतिकिलो रु दुई सयका दरले बिक्री गर्दै आउनुभएको छ । च्याउबाट यसरी राम्रो आम्दानी हुन्छ भनेर नसोचेको तर अहिले सोचे भन्दा राम्रो आम्दानी हुन थालेको बताउनु हुन्छ ।

उनले चाडै बल्ब तीन हजारसम्म परर्याउने बताउछन् । च्याउ व्यवसायबाट रानाले दाम मात्र होइन जिल्लामै नमूना च्याउ व्यावसायिका रुपमा नाम समेत कमाउनुभएको छ । एउटा बल्बबाट तीनदेखि चार पटकसम्म च्याउ टिप्न सकिने उहाँको भनाइ छ ।

कम लगानी र परिश्रममा छोटो समयमा घरमै बसी÷बसी मनग्य कमाइ गर्न सकिने भएपछि युवा विदेश नै धाउनु नपर्ने राना बताउनुहुन्छ । गाउँमै बसेर च्याउ व्यवसाय गरियो भने छोटो समयमा नै लखपति बन्न सकिने उहाँको भनाइ छ ।

Comments

comments

Related Posts