चितवनमा पशु प्राविधिक राष्ट्रिय भेला

(No Comments)     April 20, 2018    

काठमाडौं । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको राष्ट्रिय भेला एवं विधान अधिवेशन शनिबारदेखि दुई दिनसम्म चितवनमा हुने भएको छ । देशभरका करिब ४०० जनाभन्दा बढी पशु स्वास्थ्य प्राविधिकको उक्त भेलामा सहभागिता रहने छन् भने उनीहरुले संघीय विधानसमेत बनाउने छन् ।

संघका केन्द्रीय अध्यक्ष जनक रावलका अनुसार देश संघीय संरचनामा गएपछि सोहीअनुसार विधान संशोधन गर्न भेला आयोजना गरिएको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

संघले पशु सेवामा संलग्न विशेष, प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको पेशागत हकहित, नेपाली पशुपालक कृषकको सेवा र पशुपालन व्यवसायको व्यावसायिकीकरणका लागि सक्रिय भएर काम गर्दै आएका छन् । यसैगरी संघको ७७ जिल्लामै समिति रहेको उपाध्यक्ष पुष्कर नेपालले जानकारी दिनुभयो ।

 

Comments

comments

Related Posts