घरैमा दूध बिक्रि

बार्षिक ५ लाख बढी आम्दानी

(No Comments)     November 15, 2017    

काठमाडौं । पछिल्लो समय गाउँ गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातको गाईपालन गरी दूध उत्पादन गर्न थालेका छन् ।

ललितपुरको महालक्ष्मी-७ का अम्बिका बस्नेतले गाईपालनबाट बार्षिक ५ लाख चार हजारसम्म आम्दानी गर्दै आउनु भएको छ । उहाँले उन्नत जातको दुईबाट गाई पाल्नु भएको छ । दुईवाट गाईले बिहान १० लिटर र बेलुकी १० लिटर दूध दिने गरेको बस्नेत बताउनु हुन्छ ।

घरमा चार लिटर जति दूध खाएर दैनिक सोह्र लिटर दूध घरैमा बिक्रि हुने गरेको छ । उहाँले दूध बिक्रि गर्न कहि कतै जान पर्दैन घरमै दूध लिन मानिसहरु आउने गर्दछन् ।

२०६७ सालमा एउटा गाई पाल्न थाल्नु भएको बस्नेतले दूधबाट राम्रो आम्दानी हुने देखेर अहिले दुईवटा बनाउनु भएको छ । उहाँको एउटा गाईले बाईस दिन अगि दुईवाट जोडी बाँच्छा जन्माएको छ । गाईपालनमा उहाँको श्रीमानको पनि बिदाको समयमा साहयता गर्ने गर्नु भएको छ ।

दुईवाट गाईलाई मासिक पन्ध्र हजारसम्म खर्च लाग्ने गरेको बताउनु हुन्छ । गाईको खाना खर्च कटाएर उहाँले मासिक पन्ध्रहजार बचतसमेत गर्ने गर्नेे भएकोछ । दिनभर घरमा तेसै बस्न भन्दा गाईपालन गरेको उहाँको भनाई छ ।

गाईपालनको आम्दानीबाट उहाँको परिवारमा ठूलो आर्थिक सहयोग मिलेको छ । भखरै उहाँले छोरा आईटी पढ्न अमेरिका पठाउनु भएको छ भने छोरीलाई स्टाभ नर्समा भर्ना गर्नु भएकोछ । उहाँले गाईको बीमा समेत गर्नुभएको छ ।

सरकारबाट गाईको सुत्केरी भत्ता दिने व्यवस्था सुनेको भए पनि भत्ता अहिलेसम्म नपाएको उहाँको गुनासो छ । यदि सरकारबाट कृषि पेशामा सम्लगनलाई सायता मिल्ने हो भने रातदिन अर्काको देशमा पसिना बगाउन जान नपर्ने उहाँको भनाई छ ।

Comments

comments

Related Posts