ग्रामिण परिवेशमा पशुचिकित्साको अभ्यास

(No Comments)     September 12, 2016    

डा.केदार कार्की
एम.भी.एस्सी.प्रिभेन्टिभ भेट मेडिसिन सेन्ट्रल लुजोन स्टेट युनिभरसिटि फिलिपिन्स

पृष्ठभुमी: 
पशुपन्छीले मानिसलाई खानेकुरा, लुगाफाटो, श्रम, मल तथा नगद आयश्रोत उपलब्ध गराउने हुदा यिनीहरुसँग मानिसको आत्मीय सम्बन्ध शिकार युग देखि नै रहदै आएको छ । पशुपंछीहरु मनविय संस्कृति सम्पदा तथा सभ्यताको महत्वपूर्ण अंग पनि मानिन्छ ।

पशुपंछिलाई स्वास्थ्य राख्न परम्परागत उपचार पद्धति शताब्दीकयो देखि प्रचलनमा प्रयोग हुदै आएको तथ्य भेटिन्छ । पश्चीमा चिकित्सा प्रणालीको विकास हुनु भन्दा पहिले पशुपालक यहि परम्परागत पशुचिकित्सा अभ्यासमा पूर्णरुपमा आश्रित थिए भन्दा हुन्छ ।

यदि विश्व स्वास्थ्य संगठनको तथ्याङ्क लाई हेर्ने हो भने विकाशील देशका ८० प्रतिशत जनसमुदाय तथा तिनले पालेका पशुपंछिमा देखिने रोग व्याधिको उपचार रोकथाम तथा नियन्त्रणका लागि मुख्यतया यिनै परम्परागत उपचार अभ्यासमा आश्रीत छन् ।

यी परम्परागत उपचार अभ्यासलाई इथनो भेटेरीनर मेडिसिन भनिन्छ । यसलाई परम्परागत जनसमुदायको विश्वास दक्षता, प्रविधि र अभ्यास जुन पशुको स्वास्थ्य हेरचाह गर्न अभ्यास गरिन्छ र यो पुस्ता दर पुस्तामा हस्तान्तर हुदै जाने शीपको रुपमा परिभाषित गरिन्छ ।

म्याक कोरकले ले १९९५ मा परम्परागत चिकित्सा तथा पशुचिकित्सा प्रणालीलाई परिभाषित गर्दै भनेको छन्, एउटा वृद्ध अन्तरसम्बन्धित स्थानिय ज्ञान यस सँग सम्बन्धित शिप, अभ्यास, विश्वास, प्रयोगकर्ता, सामाजिक संरचना स्वास्थ्य पशुपालन जसबाट भोजन, श्रम तथा आय आर्जन गराउने पशुपंछिहरुलाई दृष्ट्रिकोणमा राख्दै यसको प्रयोग पशुपंछिको उत्पादन विकासमा तथा जिवकोपार्जन प्रणालीमा जसको अन्तिम लक्ष्य मानव कल्याण तथा सम्वृद्धि पशुपंछि पालन बाट हुने गरीने कृयाकलापलाई मानिने छ ।

इ.स. १९८० को ताका बाट यस्ता पारम्परिक ज्ञान सिप प्रविधिको अभिलेखकरण तथा यसको आधिकारीक पुष्टि तर्फ ध्यान आर्कषित हुन थालेको पाइन्छ ।

पारम्परिक पशु चिकित्सामा प्रयोग गरीने औषधिको श्रोतहरु:
प्राकृतिक उत्पादन जुन पारम्परिक चिकित्सा अभ्यासका क्रममा प्रयोग गरिन्छन् तिनहरु औषधि जन्म जडिबुटि जन्य विरुवा र तिनका उप – उत्पादन खानु हुने माटो, मुल्तानी माटो खरी जुन ढुंगा, खनिजहरु तथा जनावरको शरीरको माग तथा जनावरका उत्पदान प्रमुख मानिन्छन् ।

बोट विरुवाहरु: 

औषधिजन्य जडिबुटीका सबै मागहरु, पात बोक्रा, फलफुल, बियाहरु औषधि बनाउन प्रयोग गरिन्छ । बोटविरुवाहरु प्राय जसो परम्परागत पशुचिकित्सा अभ्यासमा औषधि बनाउन प्रयोग गरिने घटकमा पर्दछन् ।

खानयोग्य माटो तथा खनिजहरु: 
खानयोग्य माटो खास गरी धमिरा कमीलाको गुडको माटो परम्परागत पशु चिकित्सा अभ्यासमा प्रयोग गरिन्छ । निबिषी कारण तथा विषाक्ति बाधेर बाहिर साधारणतया चुन ढुंगाा प्रयोग गरिन्छ ।

जनावरको शरीरको भाग तथा पशुजन्य उत्पादनहरु: 
हाड, छाला, दुध, नौनी, पिसाब, गोबर सामान्यतया परम्परागत पशु चिकित्सा अभ्यासमा औषधिको रुपमा प्रयोग गरी पशुका शरीरको भाग तथा पशुजन्य उत्पादन मानिन्छ ।

अन्य औषधिजन्य सामाग्रीहरु:
खाने बनस्पति जन्य तेल, मह तथा नुन यिनमा रोग निको पार्ने तथा स्वास्थ्य संरक्षण गर्ने क्षमता भएका कारण परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोग गरीन्छ ।

परम्परागत पशुचिकित्सा अभ्यासमा प्रयोगका लागि औषधि बनाउने विधिहरु:
धुलो, पाउडर, बोक्रा, जरा, पातहरु व सम्पूर्ण बोट सुकाएर पिचिन्छ अनि धुलो पाउडर बनाइन्छ । यसलाई आवश्यक परेमा चालेर मसिनो खुवाउन सकिनछ वा नुनमा मिसाएर खान दिइन्छ । यि चुर्नलाई निबिषिकरण गर्न वा ज्वरो कम गर्न प्रयोग गर्न सकिन्छ ।

लेप (पौलटिस):

औषधिजन्य धुलो चुर्णलाई तातो पानी मिसाएर लेदो वा लेप जस्तो बनाएर प्रभावित भागमा प्रयोग गर्न सकिन्छ । यी औषधीको लागि बनाइको सामाग्री भागमा सुन्निएको ठाँउमा दरफराएको कोतरेको तथा चराएको ठाँउमा सन्चो गराउन प्रयोग गराउन सकिन्छ, यस बाहेक पिलो घाउ पकाउन पिप निकाल्न, छालामा अडकेको विषालु पदार्थ केही चिज गडेको निकाल्न प्रयोग गर्न सकिन्छ ।

मल्हम तथा क्रिम:

बोट विरुवाको मसिनो धुलो चुर्णलाई नौनी वा खाने तेलमा मिसाएर मल्हम तथा क्रिम बनाउने गरीन्छ । यि मल्हमहरु दरफराएको मर्केको भागमा दलेर लगाइन्छ ।

डिकोकसन:

चिया बनाउने बोट विरुवाबाट प्राप्त सामाग्रीहरु स – साना टुक्रा पारी पानीमा मिसाएर १५–३० मिनेट सम्म उमालेर औषधि बनाइन्छ । यसरी औषधि बनाउदा माटो वा स्टीलको भाडा प्रयोग गरीनु पर्दछ, आल्मुनियमको भाडा प्रयोग गरिनु हुन्न ।

इनफयुजन:

खुवाउने झोल बनाउने  बोट विरुवाका मसिनो पारी काटिएका भाग राखिएको भाडामा उम्लिएको तातो पानी राखेर १० देखि २० मिनेट छोपेर राख्ने जबसम्म बोट विरुवामा भएका औषधिजन्य तत्वहरु पानीमा संग्रहित हुन सकोस । पानीलाई छानेर औषधि संग्रहित पानी छुट्याउने गरीन्छ । यसरी तयार गरिएको औषधियुक्त पानी तातो वा चिसो अवस्थामा खुवाउन सकिन्छ ।

चिसो पानीमा औषधि तत्व संग्रहित गर्ने :
बोट विरुवामा पाइने केहि औषधिजन्य कृयाशिल अवयवहरु उमाल्दा तताउदा पकाउदा विग्रहित भएर जाने गर्दछन् । त्यसैले औषधि जन्म बोट विरुवाको भागलाई स –साना टुक्रालाई चिसो पानीमा रात भरी भिजाएर राख्ने पानीमा संग्रहित हुन पुगेको औषधि पानी छानेर प्रयोग गर्ने । यसरी बनाइने औषधि जहिले पनि ताजा बनाएर प्रयोग गर्नु पर्ने हुन्छ ।

टिँच:
७०–८० प्रतिशत पानी २०–३० प्रतिशत अल्कोहल र बोट विरुवाबाट प्राप्त हुने औषधिजन्य तत्व मिसाएर टिंचर बनाइन्छ । बोट विरुवाबाट प्राप्त सामाग्री पानीको झोलमा एक देखि धेरै दिन राखी औषधिजन्य तत्व संग्रहित गरिन्छ । यसरी तयार पारेको टिंचरलाई छानेर शरीरभित्र या शरीर बाहिर प्रयोग गर्न सकिन्छ ।

धुवा लगाउने:

सुकेको वा भिजेको बोट विरुवाको भाग दनदनी बलेको आगोमा हाली डढाइन्छ । यसबाट निस्कने धुवा जनावरको शरीरको सम्र्पकमा आउछ जुन जनावरको बाह्य परजीवी विरुद्ध प्रभावकारी मानिन्छ ।

कोलाई व्यासिलोसीस सेप्टीसेमकि कोलाई व्यासिलोसिस:
अदुवाको धुलो चुर्ण ५० ग्राम मेथीको दाना २५ ग्राम नुन आवश्यकता अनुसार सबै मिसाएर मसिनो खान दिने वा पाइप बोतलको सहयोगले ४ देखि ६ घण्टाको फरक पारी २ वा ३ पटक खुवाउने ।

साल अडकेको अवस्थामा:

सात वटा भान्टाको फुल, एक टुक्रा (एलानजिउम सालभीफोलीय) अकोला,अम्फीको जरा सातवटा धानको गेडा थोरै पानी मिसाएर पिधने यसरी तयार भएको लेदो खान दिने । यस्तो जनविश्वास छ कि उपरोक्त सामाग्री एउटा टालोमा बाधेर गाइभैसीको दाम्लोमा झुन्डयाउदा पर्न साल झर्छ ।

पाँच देखि दश ग्राम (एचिरान्थेसास्पोरा) दतीवनको जरा आधा गीलास पानीमा उमालेर आधा बनाउने र खान दिने । अध्कल्चो पाकेको भात मन तातो पानीमा खान दिने । १० ग्राम (एनेथुमगर एमेवोलेन्स) सुपको जरा तथा सुकेको अदुवा १ कप पानीमा उमाल्ने अनि चिसो छान्ने ।

यसरी तयार भएको औषधि पानी ४०–५० ग्राम खुदोमा मिसाएर खान दिने (सिसस कवान्ड्रागुलारिस) जँगली अँगुरको सिंगो बोटलाई पिधेर मन्जन जस्तो लेदो बनाउने र खान दिने यसले साल खस्न खसाल्न सहजीकरण गर्दछ । (ट्राइबुलस टेरेस्ट्रीस) गोखुरको दानाको मन्जन जस्तो लेदो खान दिदा साल चाडै तथा सजिलै झर्छ ।

काँध लाग्ने, सुन्निनेमा:
निमको पात पानीमा उमालेर प्रभावित भागमा दलेर पानीले सेक्ने । सालको रेसीन, खोटोको पाउडर, कयाम्फर पाउडर ताजा नरिवलको तेलमा मिसाएर मल्हम बनाई प्रभावित भागको बाहिर पट्टि लगाउने । सुपारीको चुर्ण संग्रहित निमको पात, (बरलेरीया प्रियोनाइटस) सोमोलताको संग्रहित पात प्रभावित भागमा लगाउने । बेसारको धुलो दल्ने ।

(स्क्रीपस ग्रोसुस) कसेरू तथा (ऐलियम साटियम) लसुनको पात डाठबाट संग्रहित औषधि तत्व मिसाएर दल्ने । (साइजियम जम्बोलानम) गुलाव कालो जामुनको जरा र बोक्रा थोरै पानीमा मिसाएर मल्हम जस्तो लेदो जस्तो पिधेर बनाएर प्रभावित भागमा दलेर लगाउने । (लुफा एकुटान्गुला) धिरौँलाको पातको मन्जन जस्तो लेदो बनाई प्रभावित घाटीको भागमा लगाउने ।

परम्परागत पशुचिकित्साजन्य औषधिका फाइदा: 
सजिलै उपलब्ध, सजिलै बनाउन सकिने, प्रयोग गर्न सकिने, सस्तो, किफायति मूल्य, सित्तैमा उपलब्ध, आफनै संस्कृति परम्पराको एउटा अंश, आधुनिक औषधिहरु जस्तो औषधि प्रतिरोधक क्षमता विकास हुने डर नहुने, पशुपंछि बाट उत्पादित खाद्य पदार्थमा औषधिजन्य अवशेषको परिलो नहुने । एण्टीवायोटिक जस्ता औषधिको दुरुपयोग नियन्त्रण गर्न सहयोगी भूमिका खेल्ने ।

परम्परागत पशुचिकित्सा अभ्यासका सिमितता:
केहि अभ्यासहरु अप्रभावकारी केही नोकशान देह जडीबुटी जन्य औषधिहरुको गुणस्तर कायम राख्न गाह्रो तथा झन्झटिलो । सहि रोग, निदान हुन नसक्ने जोखिम अपूर्ण मात्राको प्रयोग हुने जोखिम, लिखित अभिलेखको अभाव, न्यून स्वस्थ्य गुणस्तर ।

निश्कर्ष:
इथनो – भेटेरीनरी औषधि विज्ञानलाई आजको युगमा एउटा बैकल्पिक पर्यावरण मैत्री सुरक्षित आर्थिक रुपमा सबल पशुको स्वास्थ्यमा हुने गडबडी रोक्ने औषधिको रुपमा मानिन थालिएको छ ।

यति हुदाहुदै पनि उचित अभिलिखकरण को अभाव आधुनिक चिकित्सा अभ्यास कर्मीको यस प्रति उदाशिनताले यसको विकासमा अवरोध पु¥याउने गरेको छ । परम्परागत ज्ञान, सिप, प्रविधिको वैज्ञानिक अभिलेखकरण गुणस्तरको विकास तथा मान्यता दिनु अत्यन्त आवश्यक देखिन्छ ।

साथै हामी कहाँ उपलब्ध औषधि जन्म जटिबुटीको अभिलेख, तिनबाट प्राप्त गर्न सकिने औषधि तिनको व्यवहारिक प्रयोगबारे सरोकारवालामा सचेतना एवं आवश्यक अध्ययन अनुसन्धान तर्फ हाम्रो ध्यान जान जरुरी देखिन्छ ।

Comments

comments

Related Posts