गायक दीपक लिम्बूसंगै उनको होली गीत ‘म रंग हुँ…’ले यूकेमा चर्चा बटुल्दै

(No Comments)     March 18, 2016    

काठमाडौं । नेपाली तारा दीपक लिम्बूको नयाँ होली गीत ‘म रंग हुँ...’ले यूकेमा चर्चा बटुल्न थालेको छ । महिना दिनअघि यूरोप टुरमा निस्केका गायक लिम्बूले अझै डेढ महिना यूकेमै पस्तुती दिनेछन् । उनले पुराना गीतका साथमा नयाँ एल्बम ‘रंग होलीको’मा समावेस गरिएको ‘म रंग हुँ...’ बोलको गीत पनि गाउन छुटाएका छैनन् । त्यसपछि त ‘दीपक लिम्बू साँझ’मा उपस्थित दर्शकको मुखमा यो गीत नझुण्डिने कुरै भएन । यसै साता होली परेको हुँदा पनि यस गीतको चर्चा चुलिन थालेको हो । 

12596765_1036923769699018_208823444_o

यूट्युवमा समेत यो गीत सुन्ने र हेर्नेको संख्या दिनानुदिन बढ्न थालेको छ । महिना दिनसम्ममा यूरोपको १७ ठाउँमध्ये नौं ठाउँमा गायक लिम्बूले आफ्नो प्रस्तुती पस्किसकेका छन् । गायक लिम्बू भन्छन्, ‘यूरोपमा बस्ने नेपालीको माया र ममताले अहिलेसम्म गरेको कार्यक्रम सवै सफल नै भएका छन् ।’
नेप्लिज आर्ट एन्ड कल्चर सेन्टरका डम्बर सिंघक, गणेश इजम र सकुन्तला नेङमाङले दीपक एकल साँझको आयोजना गरेका हुन् ।

 

 

singer nepali tara single dipak limbu's new holi song

काठमाडौं । नेपाली तारा दीपक लिम्बूको नयाँ होली गीत ‘म रंग हुँ...’ले यूरोपमा चर्चा बटुल्न थालेको छ । महिना दिनअघि यूरोप टुरमा निस्केका गायक लिम्बूले अझै डेढ महिना यूरोपमै पस्तुती दिनेछन् । उनले पुराना गीतका साथमा नयाँ एल्बम ‘रंग होलीको’मा समावेस गरिएको ‘म रंग हुँ...’ बोलको गीत पनि गाउन छुटाएका छैनन् । त्यसपछि त ‘दीपक लिम्बू साँझ’मा उपस्थित दर्शकको मुखमा यो गीत नझुण्डिने कुरै भएन । यसै साता होली परेको हुँदा पनि यस गीतको चर्चा चुलिन थालेको हो । यूट्युवमा समेत यो गीत सुन्ने र हेर्नेको संख्या दिनानुदिन बढ्न थालेको छ । महिना दिनसम्ममा यूरोपको १७ ठाउँमध्ये नौं ठाउँमा गायक लिम्बूले आफ्नो प्रस्तुती पस्किसकेका छन् । गायक लिम्बू भन्छन्, ‘यूरोपमा बस्ने नेपालीको माया र ममताले अहिलेसम्म गरेको कार्यक्रम सवै सफल नै भएका छन् ।’ नेप्लिज आर्ट एन्ड कल्चर सेन्टरका डम्बर सिंघक, गणेश इजम र सकुन्तला नेङमाङले दीपक एकल साँझको आयोजना गरेका हुन् ।

Comments

comments

Related Posts