गाईपालनबाट आर्थिक संकट हटे

(No Comments)     December 14, 2017    

काठमाडौं । इलाम मङ्गलबारे-३ का शभुराज राई अहिले एक सफल कृषकका रुपमा परिचित छन् । कुनै समय उनी विदेशीने सोचसम्म नपुगेका भने होईनन् । राई साथीभाईले कुरा गरेका सुन्थे विदेशी भूमिमा पैसा राम्रै कमाई हुन्छ तर दुख पनि तेतिकै पाईन्छ ।

पढाईमा ब्याचलर सक्नु भएको राईले गाउँमै शिक्षकको जागिर पाएका थिए भने मासिक १५ हजार तलब हुन्थ्यो । तर उहाँको यो तलबले परिवारको आर्थिक अभाव पूरा नहुने देखेर विदेश जानेसम्म सोच बनाउनु भएको थियो ।

बिस्तारै राईले सोच बद्लेर आप्नै गाउँठाउँमा केही गरौं भनेर गाईपालन व्यवसाय सुरुगरेको बताउनु हुन्छ । सुरुमा ५ माउँ गाईबाट व्यवसाय सुरु गर्नु भएको र दैनिक ५० लिटरसम्म दूध बेच्ने गर्नुहुन्थ्यो । गाईबाट मासिक एक लाखसम्म आम्दानी गर्नु भएको बताउनु हुन्छ । त्यसबेला उहाँको व्यवसायमा परिवारबाट पाएको सहयोगले पुग्थ्यो ।

उहाँले अहिले गाईपालन व्यवसाय बढाउनु भएको छ भने दुईजनालाई रोजगारसमेत दिनु भएको छ । गाईपालन व्यवसायबाट परिवारमा आर्थिक संकट पनि हटेको छ । तर समयको अभावमा उहाँले शिक्षक पेशा भने छाड्नु भएको बताउनु हुन्छ । राई भन्नु हुन्छ “दिनभर विधालयमा रहँदा व्यवसायमा समय नपुग्ने र १५ हजार तलबले परिवारको आर्थिक समस्या पनि नर्टर्ने भएपछि जागिरनै छाडे” ।

गाईपालनबाट निस्केको मलमूत्र अर्गानिक तरकारी बालीको लागि अतिराम्रो हुने भएकाले उहाँले तरकारी खेतीसमेत सुरु गर्नु भएको छ । उहाँले अर्गानिक तरकारी खेतीबाट पनि राम्रो आम्दानी हुन थालेको बताउनु हुन्छ । बिषादिरहित तरकारी भएका कारण मानिसहरु तरकारी खरिद गर्न गाउँमै आइपुग्ने गरेको राईको भनाई छ ।

मानिसहरु विदेश जान पैंसा खर्चिनछन् र जस्तो सुकै परिश्रम गर्न पनि पछि हदैनन् । तर त्यहि पैंसाले स्वदेशमै केही गर्न सकिने सोच बनाई कृषि व्यवसाय गर्ने युवा कमै मात्र भेटिन्छ । राई यस्तै एउटा उदाहरण बन्नु भएको छ ।

“मानिस आप्नो देशमा किन मेहनत गर्दैनन्” “कृषि प्रदान देश तर मानिस किन कृषि व्यवसाय गर्दैनन् राई प्रशन गर्नुहुन्छ” ।

Comments

comments

Related Posts