खोेटाङमा अदुवाले मूल्य पाऐन

(No Comments)     March 8, 2018    

काठमाडौं । अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । पूर्वी ईलामका किसानले अदुवाको भाउमा केही सहजता पाए पनि खोटाङ् जिल्ला किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन सकेका छैनन् । भण्डारण गरेको अदुवा पनि कुहिन थालेपछि किसान मारमा परेका छन् ।

खोटाङ् जिल्लाका पकेट क्षेत्रमा उत्पादित अदुवा बिक्री नहुँदा घरमै कुहिन थालेको अदुवा व्यवसायी महासंघका जिल्ला अध्यक्ष संग्राम राईले बताउनुभयो । गत वर्षमा अदुवा बिक्रीबाट लाखौँ आम्दानी हुने गरेता पनि यस वर्ष बिक्री नभएपछि आँगनमै चाङ लगाएर राख्न बाध्य भएको राईको भनाई छ ।

विसं २०७१ मा प्रतिकिलो रु ८० देखि रु १५० सम्ममा बिक्री भएको अदुवाको बजार भाउ तीन वर्षयता ओरालो लागेको छ । हाल अदुवाको बजार भाउ प्रतिकिलो रु २० देखि रु ४५ सम्म कायम छ । अदुवा खरिदका लागि यसअघि काठमाडौँ तथा तराईका इटहरी, कटारी र गाईघाटबाट व्यापारी आउने गरेका थिए । यस वर्ष काठमाडौँ तथा तराईबाट कोही नआएको किसान बताएका छन् ।

बजार नपाएपछि मकै बालीसँगै अदुवा खेती गर्दै आएका किसान आगामी वर्ष अदुवा खेती छोडेर मकै खेती मात्र गर्ने तयारीमा जुटेकाछन् । उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुका अनुसार किसानका ती समस्यालाई ध्यानमा राखेर अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि दुई ठाउँमा जग्गा हेरिएका छन् ।

Comments

comments

Related Posts