खाद्य संस्थानले दशैकोलागि खसीबोका र च्याङ्ग्रा भित्र्याउन थाल्यो

शुक्रबारदेखि बिक्रीवितरण हुने

(No Comments)     October 11, 2018    


काठमाडौं । नेपाल खाद्य संस्थानले दशैका लागि बिक्री गर्न लागेको खसीबोका र च्याङ्ग्रा राजधानी भित्र्याउन सुरु गरेको छ । चाँडपर्वमा उपभोक्तालाई सस्तोमा बिक्रीवितरण गर्नकालागि सरकारले विगत केही बर्ष अघिदेखि यस्तो व्यवस्था थालेको हो ।


शुक्रबारदेखि नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालय थापाथली परिसरबाट खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण गर्न सुरु गरिने संस्थानले जनाएको छ । हालसम्म देशका विभिन्न स्थानबाट सय वटा जति खसीबोका तथा साढे ५ सय च्याङ्ग्रा आईसकेको कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले जानकारी दिए ।

शुक्रबारसम्म मुस्ताङबाट हजार च्याङ्ग्रा तथा तराईका विभिन्न स्थानबाट पनि त्यति नै संख्यामा खसीबोका आईसक्ने कार्यलय प्रमुख विष्टले जानकारी दिए । बजार भाउँभन्दा केही सस्तोमा ति खसीबोका तथा च्याङ्ग्रा बिक्रीवितरण हुने विष्टले जानकारी दिए । संस्थानले अशोज १ गते शिलबन्दी दरभाउँ सम्बन्धी सूचना प्रकाशीत गरेको थियो ।

Comments

comments

Related Posts