कृषि क्षेत्रमा गर्न सके नेपालमै प्रसस्त अवसर (पूर्ण पाठ सहित)

(No Comments)     September 29, 2018    

काठमाडौं, १४ असोज । युवा अवस्थामा वैदेशिक रोजगारीमा जानेहरुको लहरा लामै छ । विगत एक दशकदेखि त्यो लहरा केवल लहडले निर्देशित छ । तर, नेपालमै केही गरौ भनेर खोजी गर्ने तर्फ भन्दा ‘सुनको अण्डा’ टीप्ने ध्वान्नमा विदेश तिरै हान्निनेहरु मात्रै भेटिन्छन् । 

 

नेपाल सरकारले युवा वेरोगजारकालागि भनेर बर्षैपिच्छे विभिन्न योजनाहरु सार्वजनिक गरिरहेका छन् । त्यस्तो सेवासुविधा लिदा पक्कै पनि विभिन्न कागजपत्र र वैद्यानिकता खोज्नु गलत पनि होइन । तर, त्यो झन्झट देखेर विदेश जानैमा आफुलाई सेफ ठान्ने युवाहरुको दैनिक ३,४ वटा लास आईरहेका छन् । 

 

सरकारले यसै साता मात्रै पनि विदेशबाट फर्किएका युवा तथा बेरोगजार, दलित, महिला, भुकम्प पीडित लगायतकालागि सहुलियतपूर्ण कर्जाकालागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ पास गरेको छ । यो कार्यविधिले साच्चै नेपालमै केही गर्छु भन्नेकालागि निक्कै संभावना ठूलो अवसर मिल्नेछ । 

 

ब्यवसायिक कृषि तथा पशु पालन शिर्षक अन्तर्गत ५ प्रतिशत ब्याजदरमा २ करोडसम्म बैंक ऋण पाईनेछ । कार्यविधि अन्तर्गत विदेशबाट फर्केका युवा परियोजना कर्जा दश लाख रुपैयासम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख, महिला उद्यमशील कर्जा १५ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म ऋण पाईने व्यवस्था गरिएको छ ।

यस्ता कर्जाको अधिकतम समय ५ बर्षसम्म हुने जनाईएकोछ ।  बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा प्रवाहगर्दा १० लाखसम्म सामूहिक जमानीका आधारमा र त्योभन्दा बढी व्यवसायिक परियोजना धितोमा राखी कर्जा लिन सक्नेछन् । सरकारी सहयोगको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस 

Comments

comments

Related Posts