कृषिमा वैदेशिक लगानी अस्वीकार्य

(No Comments)     December 5, 2015    

काठमाडौं, १९ मङ्सिर । मुलुकको कृषि क्षेत्रको विकासका लागि अहोरात्र खटेका अगुवाले कृषि उत्पादनमा बहुराष्ट्रिय कम्पनीका लगानी अस्वीकार्य हुने बताएका छन् ।  

कृषि पत्रकार प्रतिष्ठानको वार्षिकोत्सव समारोहमा उनीहरुले बहुराष्ट्रिय कम्पनीको लगानीले जमिनमा वैदेशिक एकाधिकार बढ्ने, परिवर्तित आनुवांशिक जीव (जिएमओ) प्रविधि भित्रने र स्थानीय जातका बीउबीजन लोप गराउने हुँदा लगानी स्वीकार्न नहुने बताएका हुन् । यसअघि जिएमओ कम्पनीका बीउ प्रयोगबाट बारामा गरिएको मकैखेती र भक्तपुरमा धानको उत्पादन नभएपछि किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएको थियो ।

onion

The Best caption

कार्यक्रममा नेपाल किसान सङ्घका अध्यक्ष भानुभक्त सिगदेलले नेपाली कृषिमा वैदेशिक लगानी अभिशाप बन्ने बताउनुभयो । कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका महासचिव प्रेम दङ्गाल, आर्थिक पत्रकार जुनारबाबु बस्नेत, नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष राजेश बर्मा र महासचिव गोविन्द शर्माले कृषिमा वैदेशिक लगानी भ्यिाउनुपूर्वसोचविचार पु¥याउनुपर्ने बताउनुभयो ।

नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको हैसियतले वैदेशिक लगानीलाई ठाडै अस्वीकार गर्ने प्रावधान हुँदैन । नेपालले सन् २००४ मा विश्वव्यापार सङ्गठनको सदस्य लिएको थियो । मुलुकले २० वर्षीय कृषि विकास रणनीति साउन १० गते सार्वजनिक गरी लागू गरेको छ । उक्त रणनीतिले कृषिमा वैदेशिक लगानी गर्न इच्छुक कम्पनी वा व्यक्तिले कृषि विकास मन्त्रालयको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

मुलुकले वार्षिक रु एक खर्ब ३१ अर्बको कृषिजन्य वस्तु आयात गर्दे आएको छ जसमध्ये सबैभन्दा धेरै प्रतिमहिना रु दुई अर्बको चामल र यस वर्ष रु पाँच अर्ब ६७ करोडको मकै तथा ६७ करोडको दूध भारतबाट आयात गर्ने गरेको कृषि विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगार विभागका अनुसार प्रतिमहिना एक हजार ५०० युवा वैदेशिक रोजगारमा पलायन भइरहेको र विंसं २०६८ को कृषि गणनानुसार एक लाख २९ हजार हेक्टर जमिन बाँझो छ । रासस

Comments

comments

Related Posts